News Griha :: न्यूजगृह
डेंगु संक्रमण कम हुँदै
डेंगु संक्रमण कम हुँदै डेंगु भाइरसको संक्रमण कम हुँदै गएको छ । अंग्रेजी महिनामा अगस्त (साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेंगु संक्रमण सेप्टेम्बर महिना (भदौ १५ देखि असोज १३ गतेसम्म) मा  घटेको पाइएको हो ।
मानसिक स्वास्थ्य सुधारलाई प्राथमिकता दिन प्रधानमन्त्रीको आग्रह
मानसिक स्वास्थ्य सुधारलाई प्राथमिकता दिन प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै सरोकारवाला क्षेत्रले मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यलाई प्राथमिकता दिन आवश्यक भएको बताएका छन् ।
कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य, दुई विधेयक पारित
कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य, दुई विधेयक पारित कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य गरिएको छ ।अधिवेशनअन्तर्गतको बैठकबाट कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरिएको छ ।
इजरायलमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन कांग्रेसको आग्रह
इजरायलमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन कांग्रेसको आग्रह नेपाली कांग्रेसले इजरायलमा ज्यान गुमाएका १० जनाको शोकमा शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले इजरायलमा भएको द्वन्द्वमा मृत्यु भएका १० जनाप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको जानकारी दिए । 
सुदूरपश्चिममा स्क्रब टाइफसका एक हजार बढी बिरामी
सुदूरपश्चिममा स्क्रब टाइफसका एक हजार बढी बिरामी सुदूरपश्चिम प्रदेशमा भदौ र असोजमा एक हजार एक सय ५२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीमा चार सय ४० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।
नयाँ बसपार्कबाट २४ हजार बढी यात्रुले लिए अग्रिम टिकट
नयाँ बसपार्कबाट २४ हजार बढी यात्रुले लिए अग्रिम टिकट काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् ।सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।
एसियाडमा सहभागी नेपाली टोली स्वदेश फर्कियो
एसियाडमा सहभागी नेपाली टोली स्वदेश फर्कियो चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी नेपाली टोली स्वदेश फर्किएको छ ।चीनबाट नेपाली पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियल टोली मंगलबार विहान स्वदेश आइपुगेको हो ।
मधेस प्रदेशमा सुशासन कायम गर्न एमालेले अब भूमिका खेल्छ : भट्टराई
मधेस प्रदेशमा सुशासन कायम गर्न एमालेले अब भूमिका खेल्छ : भट्टराई नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस प्रदेशमा सुशासन कायम गर्न एमालेले अब भूमिका खेल्ने बताएका छन् ।एमाले मधेस प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिन जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले मधेसमा सुशासन र सामाजिक न्याय कायम गर्न मधेसको स्वाभिमान माथि उठाउनु पर्ने धारणा राखेका छन् ।
काभा पुरुष भलिबल च्यालेन्जमा नेपाल र श्रीलंका भिड्दै
काभा पुरुष भलिबल च्यालेन्जमा नेपाल र श्रीलंका भिड्दै  काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालको राष्ट्रिय भलिबल टिमले आयोजक श्रीलंकासँग खेल्दैछ ।
नेपालगञ्जमा हटाइयो कर्फ्यु र निषेधाज्ञा
नेपालगञ्जमा हटाइयो कर्फ्यु र निषेधाज्ञा नेपालगञ्जमा विगत एक सातादेखि जारी कर्फ्यु र निषेधाज्ञा हटाइएको छ ।
इजरायलमा मृत्यु भएका विद्यार्थीको शव यथाशीघ्र नेपाल ल्याउन संसदीय समितिको निर्देशन
इजरायलमा मृत्यु भएका विद्यार्थीको शव यथाशीघ्र नेपाल ल्याउन संसदीय समितिको निर्देशन अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल–हमास द्वन्द्वमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव यथाशीघ्र नेपाल ल्याउन र द्वन्द्वग्रस्त क्षेत्रका नेपालीको चाँडो उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।मंगलबार बसेको समितिको बैठकले यो दुःखद् क्षणमा समितिले सरकारलाई समर्थन गरेको उल्लेख गर्दै समितिका सभापति राज किशोर यादवले छिटो १०...
गजुरीका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा
गजुरीका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन् ।वि‍‍‍‍.सं‍.२०७६ साउन ५ गते धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरोमा पर्‍यो । जमिन चिरा पर्‍यो । घर र वस्तुभाउ बाँध्ने गोठहरु पनि भत्किए ।...
Weather Update