News Griha :: न्यूजगृह
मानसिक स्वास्थ्य सुधारलाई प्राथमिकता दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै सरोकारवाला क्षेत्रले मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यलाई प्राथमिकता दिन आवश्यक भएको बताएका छन् ।

विश्व मानसिक स्वास्थ्य दिवस विशेष कार्यक्रमलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उनले मानसिक स्वास्थसँग सम्बन्धित अज्ञानता, अन्धविश्वास, कुरितीलाई न्यूनीकरण गर्न प्रभावकारी पहल अगाडि बढाउनुपर्ने भन्दै यसमा सबै क्षेत्रको भूमिका आवश्यक रहेको बताए ।

उनले भने, ‘मानसिक स्वास्थसँगसम्बन्धित अज्ञानता, अन्धविश्वास, कुरीतीलाई न्यूनीकरण गर्न प्रभावकारी पहल अगाडि बढाउनुपर्ने आवश्यकता छ । सबै क्षेत्रहरुले मानसिक स्वास्थ्य  प्रवर्द्धनका कार्यहरुलाई प्राथमिकता दिनु आवश्यक हुन्छ ।’

उनले नर्सिङ र स्वास्थ्य शिक्षासँग सम्बन्धित ऐनमा देखिएका समस्यालाई समाधान गर्ने अठोटका साथ अगाडि बढेको भन्दै स्वास्थ्य र शिक्षा मन्त्रालयसँग मिलेर समस्यालाई छिटै समाधान गर्ने विश्वास दिलाएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १५:३१
Weather Update