चाडबाडमा बढी सवारी चाप हुने पृथ्वी राजमार्गमा सहज यात्राका लागि के गर्दैछ प्रशासन ? बुधबार, असोज २४, २०८०

च्याङग्रा खरिद गर्न व्यापारी मुस्ताङका कृषकको गोठमा बुधबार, असोज २४, २०८० दसैँलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बाग्लुङ, काठमाडौंलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् ।

इजरायलमा सम्पर्कविहीन नेपालीको खोजी गर्न सरकारलाई सभामुखको ध्यानाकर्षण बुधबार, असोज २४, २०८० तिनिधि सभाका सभामुख देवराज घिमिरेले इजरायलमा सम्पर्कविहीन नेपालीको खोजबिनका लागि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
1678623596.jpg)
बागमती किनारमा युवकको शव फेला बुधबार, असोज २४, २०८० बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरी वृत्त बानेश्वरको टोली पुगेर अनुसन्धान थालेको छ । उनी लागू औषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

एमाले मधेस प्रदेश अधिवेशन आज बुधबार, असोज २४, २०८० नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले प्रदेश प्रदेश अध्यक्ष रामअवतार यादवले बताए । अधिवेशनका लागि एक हजार २७ जना प्रतिनिधि छनोट भएका छन् । अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालेले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर बुधबार, असोज २४, २०८० जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४० रुपैयाँ ८१ पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ ।

आज असोज २४ गते, कुन राशिबाट कस्तो लाभ ? बुधबार, असोज २४, २०८० असोज २४ गते बुधबार । असोज कृष्ण द्वादशी तिथि । पञ्चाङ्ग शुभ तैतल मघा । द्वादशी श्राद्ध । तपाईंको राशिफल हेर्नुहोस् ।

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती बुधबार, असोज २४, २०८० टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला–१ किमाथाङ्काबाहेक सबै वडामा सम्पर्कविच्छेद भएको छ । गत असोज १७ राति परेको चट्याङले मकालु–५ भाटभटेनीडाडाँको टावरको जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुर्याएको छ । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण बेला–बेला टावरमा समस्या आउने गरेको छ ।

पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित बुधबार, असोज २४, २०८० भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत मंगलबार भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ । पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको हो । टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रनको योगफल बनायो । तीन सय ४५ रनको विजय लक्ष्य पाकिस्तानले...

एमाले सुदूरपश्चिमको नेतृत्व चयनका लागि आज मतदान बुधबार, असोज २४, २०८० प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरू तीनै जना अछामका हुन् ।

कोशी र मधेसमा बिहानैदेखि वर्षा, बाँकी प्रदेशमा दिउँसो हल्का वर्षाको सम्भावना बुधबार, असोज २४, २०८० देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा कोशी र मधेस प्रदेशमा बिहानैबाट वर्षा भइरहेको छ । कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम बिहान सामान्यतया सफा रहेको छ ।

इजरायल घटनापछि यूएन महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित मंगलबार, असोज २३, २०८० इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच सुरु भएको तनावका कारण संयुक्त राष्ट्रसङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण स्थगित भएको छ । ‘उहाँको भ्रमण छिट्टै हुनेछ । हाललाई स्थगित भएको छ,’ परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले भनिन् ।

विश्वकप क्रिकेटमा इङ्ल्यान्ड १३७ रनले विजयी मंगलबार, असोज २३, २०८० तीन सय ६५ रनको लक्ष्य पछाएको बङ्गलादेशको पारी ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय २७ रनमा समेटियो । बङ्गलादेशका लागि लिट्टन दासले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ६६ बलमा दुई छक्का र सात चौका प्रहार गरे । यस्तै मुस्फिकुर रहिमले अर्धसतकीय पारी खेले । उनले...









