दृढ इच्छाशक्ति भए कृषिमा आत्मनिर्भर बन्न सकिन्छ : सभापति राणा बुधबार, असोज २४, २०८०

बेमौसमी वर्षाले मुस्ताङमा स्याउ उत्पादन घट्यो बुधबार, असोज २४, २०८० गत वर्ष एक लाख साठी हजारको स्याउ बेचेका मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष एक लाख बीस हजारको मात्र बिक्री गरे । थकालीका अनुसार बगैँचामा एक सय ५० स्याउका बोट छन् ।

खराब मौसमका कारण मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प, विदेशी पर्यटक मन्थलीमै रोकिए बुधबार, असोज २४, २०८० खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् ।

पूर्वसभामुख महराका छोरा राहुलसहित ४ जनाविरुद्ध मुद्दा दायर बुधबार, असोज २४, २०८० जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।राहुलसहित लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकणरमै थुनामा रहेका दावा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरिएको हो ।

शेयर बजारमा सामान्य सुधार बुधबार, असोज २४, २०८० यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौं दिन भने सामान्य अंकको सुधार देखिएको छ ।आज नेप्से परिसूचक पाँच दशमलव १६ अंकले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ बिन्दुमा कायम भएको छ ।

पुराना पार्टीको विकल्प नयाँ पार्टी बन्न सक्दैनन् : नेता गजुरेल बुधबार, असोज २४, २०८० क्रान्तिकारी कम्युनिस्ट माओवादीका नेता सीपी गजुरेलले पुराना पार्टीको विकल्प नयाँ पार्टी बन्न नसक्ने तर्क गरेका छन् ।

कोशी सरकार गठनमा सहयोग गर्ने नगर्ने निर्णय लिन राप्रपाले बोलायो पदाधिकारी बैठक बुधबार, असोज २४, २०८० कोशी प्रदेश सरकार गठनमा सहयोग गर्ने नगर्ने निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार बिहान ८ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाएका हुन् । प्रवक्ता मोहन श्रेष्ठले कोशी सरकारबारे छलफल गरी आवश्यक निर्णय लिन बैठक बोलाइएको जानकारी दिए ।

कास्कीमा डेंगु संक्रमण उच्च बुधबार, असोज २४, २०८० पछिल्ला दिनमा डेंगुको संक्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा संक्रमण पुष्टि भएको छ । केही दिनयता पोखराका अस्पतालमा डेंगु भएर उपचारका लागि आउनेको सङ्ख्या दैनिक बढ्दै गएको जनाइएको छ ।

बाग्लुङमा डेंगु संक्रमण बढ्यो, परीक्षण गर्न किट अभाव बुधबार, असोज २४, २०८० जिल्लामा डेंगुको समस्या बढिरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.रविरञ्जन प्रधानले दैनिक डेंगुका बिरामी बढे पनि त्यसका लागि अत्यावश्यक रगत परीक्षण कीट नभएको बताएका छन् ।

‘प्रधानाध्यापकलाई सुविधासहितको अनिवार्य विद्यालय आवास’ बुधबार, असोज २४, २०८० रामेछापको खाँडादेवी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारको लागि अभियान नै सुरु गरेको छ । गाउँपालिकाले सो अभियानअन्तर्गत गाउँ शिक्षा योजना बनाउन लागेको छ । सो गाउँपालिकाले गाउँपालिकाको व्यवस्थित शिक्षा योजना निर्माण गरी योजना अनुसार शैक्षिक सुधारका काम गर्ने भएको छ ।

विश्वकप छनोटमा बिहीबार लाओससँग भिड्दै नेपाल, के भन्छन् प्रशिक्षक ? बुधबार, असोज २४, २०८०

सञ्जय भण्डारीलाई जन्मकैदको सजाय रायसहित प्रहरीले बुझायो प्रतिवेदन बुधबार, असोज २४, २०८० काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ । अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।व्यक्तिगत प्रतिशोध (रिसिबी) का कारण हत्या भएको भनिएको उक्त प्रकरणमा प्रहरीले विविध प्रविधिको परीक्षण गरेर अनुसन्धान प्रतिवेदन...

ओछ्यानमै मृत भेटिए प्रहरी इन्चार्ज बुधबार, असोज २४, २०८० धनकुटाको एक प्रहरी चौकीका इन्चार्ज ओछ्यानमै मृत भेटिएका छन् ।धनकुटाको चौबिसे गाउँपालिकामा रहेको मुढेबास प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरीक्षक ४१ वर्षीय प्रकाश चौधरी मृत अवस्थामा भेटिएका हुन् ।









