News Griha :: न्यूजगृह
दृढ इच्छाशक्ति भए कृषिमा आत्मनिर्भर बन्न सकिन्छ : सभापति राणा

काठमाडौं— कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले कृषिमा आत्मनिर्भर बन्न दृढ इच्छाशक्ति आवश्यक रहेको बताएकी छिन् ।

बंगलादेशबाट फर्किएपछि बुधबार समितिको बैठकमा अध्ययन भ्रमणबारे जानकारी गराउँदै उनले सरकारले नीति बनाएर मात्रै नहुने भन्दै त्यसका लागि इच्छाशक्ति महत्वपूर्ण रहेको बताइन् ।

‘बंगलादेशले चामलमा गरेको आत्मनिर्भरबारे हामीले त्यहाँ रिसर्च सेन्टरदेखि कृषि मन्त्रालय, सम्बन्धित संसदीय समिति र सरकारका अधिकारीसँग छलफल गर्दा सबैमा राजनीतिक इच्छाशक्ति नै बलियो आधार भएको पायौं । बंगलादेशमा कृषिमै रिसर्च गर्ने १४ वटा संस्था रहेछन्,’उनले भनिन् ।

उनले प्रधानमन्त्री, कृषि मन्त्रालयसहित सबै राजनीतिक दललाई कृषिमा आत्मनिर्भर बन्न बंगलादेशबाट धेरै कुरा सकिनेबारे सुझाव दिने बताइन् ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १६:३९
Weather Update