News Griha :: न्यूजगृह
बीपी प्रतिष्ठानका १७७ जना डाक्टरले दिए सामूहिक राजीनामा
बीपी प्रतिष्ठानका १७७ जना डाक्टरले दिए सामूहिक राजीनामा लामो समयदेखि बढुवा रोकिएको भन्दै उनीहरूले शुक्रबारबाट लागू हुनेगरि सामूहिक राजीनामा दिएका हुन् । चिकित्सक र कर्मचारीको बढुवा रोकिएपछि आन्दोलनरत चिकित्सकले बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामा पत्र बुझाएको डाक्टर एसपी रिमालले जानकारी दिए ।
एसियन गेम्सका पदक विजेतासँग प्रधानमन्त्रीको भेट
एसियन गेम्सका पदक विजेतासँग प्रधानमन्त्रीको भेट प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा करातेमा रजत पदक जितेकी एरिका गुरुङ र काश्य पदक जितेका महिला कबड्डी टिमका सदस्यहरू उपस्थित थिए । भेटमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङ लगायत पनि उपस्थित थिए । 
रिगलको कैद मिनाहा गर्न 'किर्ते', गृहसचिवको भूमिका शंकास्पद  
रिगलको कैद मिनाहा गर्न 'किर्ते', गृहसचिवको भूमिका शंकास्पद   जन्मकैदको सजाय भोगिरहेका रिगल भनिने गुण्डा योगराज ढकालको कैद मिनाहा गर्न गृह मन्त्रालयले किर्ते निर्णय गरेको पाइएको छ । रिगललाई जेलबाट निकाल्न गृहले कारागार प्रशासनबाट हतारहतार निर्णय गरी फाइल असोज २ गते राष्ट्रपति कार्यालयमा पठाएको थियो । तर कैद मिनाहाका लागि प्रस्ताव पेश गरेका गृह मन्त्रालयका अधिकारीले किर्ते गरि भदौ...
एमालेमा एक लाख ६१ हजार नयाँ सदस्य
एमालेमा एक लाख ६१ हजार नयाँ सदस्य पार्टीको प्रदेश कमिटीका अधिवेशन सुरु हुनुअघि एमाले केन्द्रीय कार्यालयमा अभिलेख भएको विवरणअनुसार सो परिमाणमा पार्टीका सङ्गठित सदस्य रहेको केन्द्रीय सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार अब प्रवास कमिटीमा रहेका सङ्गठित सदस्यको सङ्ख्या विवरण आउन बाँकी छ ।
सहकारीमा बचतको सीमा २५ लाख हुने व्यवस्था हटाइयो
सहकारीमा बचतको सीमा २५ लाख हुने व्यवस्था हटाइयो सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकले विधेयक माथि छलफल गर्दै उक्त दफा हटाउने निर्णय गरेको सभापति विमला सुवेदीले जानकारी दिइन् । त्यस्तै, सीमा नाकाभन्दा तीन किलोमिटर दूरीभित्र बनेका क्यासिनो तीन वर्षभित्रमा पाँच किलोमिटर दूरी बाहिर सारिसक्नुपर्ने तथा नयाँ बन्ने क्यासिनोका लागि सीमावर्ती क्षेत्रभन्दा पाँच...
इन्द्र आङबोलाई कोशीको मुख्यमन्त्री बनाउन सत्ता गठबन्धन सहमत
इन्द्र आङबोलाई कोशीको मुख्यमन्त्री बनाउन सत्ता गठबन्धन सहमत संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ । यो उपधारामा प्रदेशसभाको बहुमत सदस्यको समर्थन जुटाउनेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ । मुख्यमन्त्री बन्न संसदीय दलको नेता नै आवश्यक नपर्ने भएपछि गठबन्धनभित्रै आकांक्षा राख्ने नेताहरूको संख्या बढेको थियो । 
इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री जाने 
इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री जाने  इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एअरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो ।
इजरायलबाट नेपालीको शव तत्काल ल्याउन सकिँदैन : परराष्ट्र मन्त्रालय
इजरायलबाट नेपालीको शव तत्काल ल्याउन सकिँदैन : परराष्ट्र मन्त्रालय बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले शव तत्काल ल्याउन नसकिने प्रष्ट पारेकी हुन् । पहिलो चरणमा विद्यार्थीहरूको उद्धार गरिने जानकारी दिँदै उनले शव भने इजरायल सरकारले आफ्नो प्रकृया पुरा गरेर हस्तान्तरण गरेपछि मात्रै आउने बताइन् । 
अख्तियार प्रमुखलाई रविको प्रश्न— वाइडबडी खरिद प्रकरण कहाँ पुग्यो, ओम्नी फाइल क्लोज भयो कि, के भयो ?
अख्तियार प्रमुखलाई रविको प्रश्न— वाइडबडी खरिद प्रकरण कहाँ पुग्यो, ओम्नी फाइल क्लोज भयो कि, के भयो ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भ्रष्टाचारका ठूला प्रकरणको अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् ।
विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा
विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा अखिल नेपाल फुटबल संघ (एन्फा) ले  फिफा विश्वकप–२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।
इजरायलबाट स्वदेश फर्किन चाहनेलाई तत्काल उद्धार गर्न आयोगको आग्रह
इजरायलबाट स्वदेश फर्किन चाहनेलाई तत्काल उद्धार गर्न आयोगको आग्रह राष्ट्रिय मानव अधिकार आयोगले इजरायलमा भएको हमलामा परी मृत्यु भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ ।
अख्तियार सदस्यलाई नै मुद्दा चलाउनुपर्ने स्थिति दुर्भाग्यपूर्ण : गगन थापा
अख्तियार सदस्यलाई नै मुद्दा चलाउनुपर्ने स्थिति दुर्भाग्यपूर्ण : गगन थापा नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार दुरुपयाेग अनुसन्धान आयोगका सदस्यलाई अख्तियारले मुद्दा लगाउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।बुधबार राज्य व्यवस्था समितिको बैठकमा उनले भ्रष्टाचार नियन्त्रणका लागि जरामै समस्या रहेको भन्दै अख्तियार दुरुपयाेगअनुसन्धान आयोगको नियुक्ति प्रक्रियामै दलगत हस्तक्षेप र भागबन्डा भएकाले समस्या बढेको बताए । उनले भने,‘यसको जरामा...
Weather Update