एमाले सुदूरपश्चिम अध्यक्षमा जैसी सर्वसम्मत बिहीबार, असोज २५, २०८०

दफावार छलफलको लागि संसदीय समितिमा पठाइँदै शिक्षा विधेयक बिहीबार, असोज २५, २०८० विद्यालय शिक्षा विधेयक २०८० लाई दफावार छलफलको लागि संसदीय समितिमा पठाइने भएको छ ।

शिक्षक महासंघसँगका सहमतिका बुँदा शिक्षा विधेयकको संशोधनमा समावेश बिहीबार, असोज २५, २०८० प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा विधेयक २०८० माथि सरकार र नेपाल शिक्षक महासंघसँग भएका सहमतिलाई सम्बोधन हुने गरी सांसदबाट संशोधन पेस भएका छन् ।यही असोज २१ गते सैद्धान्तिक छलफल सकिएर सदस्यलाई संशोधन दर्ताका लागि ७२ घण्टाको समय बुधबार दिउँसो ४ बजेसम्म समय दिइएको थियो ।

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुँदै बिहीबार, असोज २५, २०८० क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतमा आजलाई तोकिएको छ ।
यी क्षेत्रमा कात्तिक ४ गतेसम्म विद्युत् प्रभावित हुने बिहीबार, असोज २५, २०८० नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् प्रभावित हुने जनाएको छ ।

भ्रष्टाचार मौलायो, आन्दोलनको विकल्प छैन : कमल थापा बिहीबार, असोज २५, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था स्थापना गर्न जनआन्दोलन बाहेक अरु विकल्प नभएको बताएका छन् ।

कोरियन उपप्रधानमन्त्रीलाई अर्थमन्त्री महतले भेटे, नेपालमा लगानी गर्न आग्रह बिहीबार, असोज २५, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङलाई भेटेका छन् ।विश्व बैंकको वार्षिक बैठकका क्रममा अर्थमन्त्री महतले चु क्यूङलाई नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताएका छन् ।

बिहारमा रेल दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको मृत्यु बिहीबार, असोज २५, २०८० भारतको बिहारमा रेल दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा मृत फेला पर्यो गैँडा बिहीबार, असोज २५, २०८० निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिए । उनले भने, 'जुधेर गैँडा मरेको हो ।' चालु आर्थिक वर्षमा पाँच गैँडा मरेका छन् । तीमध्ये एउटा चोरी शिकारीले मरेको आशङ्का गरिएको छ ।

प्रतिनिधि सभाको बैठक बस्दै बिहीबार, असोज २५, २०८० प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

फिफा विश्वकप छनोट प्रारम्भिक चरणमा नेपाल र लाओस प्रतिस्पर्धा गर्दै बिहीबार, असोज २५, २०८० फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत बिहीबार नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा नेपालले दोस्रो खेल अक्टोबर १७ मा लाओसमा खेल्नेछ । यसको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ ।

आजको विदेशी मुद्राको विनिमय दर कति? बिहीबार, असोज २५, २०८० जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८१ पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४० रुपैयाँ ८३ पैसा र बिक्री दर १४१ रुपैयाँ ४७ पैसा रहेको छ ।

एसीसी यू-१९ प्रिमियर कपमा नेपाल र इरानबीचको खेल जारी बिहीबार, असोज २५, २०८० मलेसियामा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले इरानसँग खेलिरहेको छ । समूह बी मा रहेको नेपाल र इरानबीचको खेल यूएसडी यूकेएम ओभलमा स्थानीय समय अनुसार बिहान साढे ९ बजे (नेपाली समय बिहान सवा ७ बजे) सुरु भएको हो ।









