News Griha :: न्यूजगृह
भ्रष्टाचार मौलायो, आन्दोलनको विकल्प छैन : कमल थापा 

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था स्थापना गर्न जनआन्दोलन बाहेक अरु विकल्प नभएको बताएका छन् ।

बिहीबार समाजिक सञ्जालमार्फत उनले असोज २७  गते १ बजे ललितपुरको लगनखेलमा बृहत् जनआन्दोलन गर्ने बताएका छन् । 

उनले लेखेका छन्, ‘यदी हामी संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य चाहन्छौं भने यदी हामी हिन्दुराष्ट्र र राजसंस्था स्थापना गर्न चाहन्छौं भने अब आन्दोलनको विकल्प छैन । असोज २७  गते १ बजे ललितपुरको लगनखेल जाऔँ ।’

उनले संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य गर्न चाहेको बताए ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०९:५०
Weather Update