News Griha :: न्यूजगृह
एमाले सुदूरपश्चिम अध्यक्षमा जैसी सर्वसम्मत

काठमाडौं— नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी छानिएका छन् ।  

अछामका कमल तिमिल्सिना, भरत साउद र कञ्चनपुरका बचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएपछि जैसी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

उनीसहित पदाधिकारीहरू सर्वसम्मत छानिए । उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही यसअघि नै निर्विरोध भइसकेका थिए । सचिवमा रणबहादुर चन्द निर्विरोध चुनिएका छन् ।

महिला उपसचिवमा भागिरथी विष्ट सर्वसम्मत भएकी छिन् । खुलातर्फ उपसचिवमा नरबहादुर बिक सर्वसम्मत भएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ११:०१
Weather Update