News Griha :: न्यूजगृह
तोरीपानी क्षेत्रबाट पुनः प्याराग्लाइडिङ सञ्चालनको तयारी
तोरीपानी क्षेत्रबाट पुनः प्याराग्लाइडिङ सञ्चालनको तयारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौँदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुङ्गा पुगेकामा पछिल्लो समय पूर्ववत् स्थानबाट नै सञ्चालन गर्न लागिएको हो । पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसाबले मनमोहक र हावापानीका हिसाबले वर्षभरि उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइको विधा बन्दै आएको छ ।
इजरायलमा ‘युद्ध व्यवस्थापन मन्त्रिपरिषद्’ गठन गर्न प्रधानमन्त्री र विपक्षी नेता सहमत
इजरायलमा ‘युद्ध व्यवस्थापन मन्त्रिपरिषद्’ गठन गर्न प्रधानमन्त्री र विपक्षी नेता सहमत इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी नेता बेन्नी गान्ट्ज आपतकालीन सरकार गठन गर्न सहमत भएका छन् ।प्रधानमन्त्री नेतान्याहु र विपक्षी नेता बेनी गान्ट्जबीचको वार्तापछि यस्तो निष्कर्ष आएको हो । विपक्षी नेताहरू यायर ल्यापिड र बेन्नी गान्ट्जलाई हमासको अप्रत्याशित आक्रमणपछि शनिबार नेतन्याहुले पहिलोपटक यसका लागि आमन्त्रित गरेका थिए ।
कोशी सरकार गठनबारे निर्णय लिन राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक
कोशी सरकार गठनबारे निर्णय लिन राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ । बैठक शुक्रबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुमबाराहीमा बस्ने गरी केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 
बिहीबार हेर्नुहोस् तपाईंको राशिफल
बिहीबार हेर्नुहोस् तपाईंको राशिफल असोज २५ गते बिहीबार । असोज कृष्ण त्रयोदशी तिथि । पञ्चाङ्ग शुक्ल गर पूर्व । प्रदोष व्रत । त्रयोदशी श्राद्ध । गैरआवासीय नेपाली दिवस । विश्व दृष्टि दिवस । राशिफल । 
आज विश्व दृष्टि दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै
आज विश्व दृष्टि दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै हरेक वर्षको अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवस मनाउने गरिन्छ । आँखा अर्थात् दृष्टि मानिसका लागि निकै महत्वपूर्ण छ । आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ, दृष्टि कसरी गुम्छ भन्नेबारे जानकारी गराउन र सचेतना फैलाउन दृष्टि दिवस मनाइँदै आएको हो ।
नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुस्त
नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुस्त पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट देखि दाउन्ने सम्मको ६४ दशमलव ४२ किलोमिटर को भौतिक प्रगति मात्रै ४१ दशमलव १७ प्रतिशत पुगेको हो । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८...
अख्तियारमा स्थानीय तहका उजुरी धेरै 
अख्तियारमा स्थानीय तहका उजुरी धेरै  आयोगका अनुसार अनुसार गत आवमा चिठीपत्र, इमेल, पत्रपत्रिका, टेलिफोन, फ्याक्सलगायत माध्यमबाट दुई हजार ९६ उजुरी परेकामा एक हजार एक सय ५२ फछर्यौट भएको र बाँकी नौ सय ४४ बाँकी छन् । तीमध्ये पाँचसय ३५ उजुरी चालु आव २०८०/८० मा सरिआएका सबैभन्दा बढी स्थानीय तहका उजुरी परेका छन् ।
डाक्टरमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ
डाक्टरमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ पक्राउ पर्नेमा खाँदबारी नगरपालिका- १ का २८ वर्षीय विक्रम विश्वकर्मा र २८ वर्षीय आशिष विश्वकर्मा तथा वडा नम्बर ९ का अनिल विश्वकर्मा छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार उनीहरूले मदिरा सेवन गरी बुधबार बिहान १ बजे खाँदबारीस्थित जिल्ला अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई गालीगलौज गरी हातपातको प्रयास...
इजरायलबाट आइपुगिन् साम्बा
इजरायलबाट आइपुगिन् साम्बा प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलाका कारण इजरायलमा शनिबारदेखि हिंसाग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएका छन् ।  इजरायलबाट मंगलबार राति उडेकी उनी थाइल्यान्डको बैंकक हुँदै बुधबार राती स्वदेश आइपुगेकी हुन् ।  साम्बा रहने क्षेत्र रानानामा तुलनात्मक रुपमा शान्त भए पनि फुटबलका सबै गतिविधि स्थगित भएका छन् ।
यी पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
यी पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
बझाङमा भूकम्पको धक्का 
बझाङमा भूकम्पको धक्का  बझाङमा गएराति भूकम्प गएको छ । १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  असोज १६ गते बझाङ केन्द्र बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा एक महिलाको मृत्यु भएको थियो । 
काठमाडौं महानगरले दुई महिना मै उठायो एक अर्ब १७ करोड राजस्व
काठमाडौं महानगरले दुई महिना मै उठायो एक अर्ब १७ करोड राजस्व काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौं महानगरपालिकाले ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो । 
Weather Update