News Griha :: न्यूजगृह
बझाङमा भूकम्पको धक्का 

काठमाडौं— बझाङमा गएराति भूकम्प गएको छ । १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । 

५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  असोज १६ गते बझाङ केन्द्र बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा एक महिलाको मृत्यु भएको थियो । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०६:०९
Weather Update