News Griha :: न्यूजगृह
इन्द्र आङबोलाई कोशीको मुख्यमन्त्री बनाउन सत्ता गठबन्धन सहमत

काठमाडौं— कोशी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू सहमत भएका छन् ।

नेपाली कांग्रेस र एकीकृत समाजवादीको नेतृत्वले दाबी छोडेपछि आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएका हुन् । स्रोतका अनुसार बुधबार बिहान गठबन्धनमा आवद्ध दलका नेताहरूबीच आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो ।  

संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ । यो उपधारामा प्रदेशसभाको बहुमत सदस्यको समर्थन जुटाउनेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ । मुख्यमन्त्री बन्न संसदीय दलको नेता नै आवश्यक नपर्ने भएपछि गठबन्धनभित्रै आकांक्षा राख्ने नेताहरूको संख्या बढेको थियो । 

गठबन्धनसँग मुख्यमन्त्री दाबी गर्न आवश्यक संख्या (४७ सांसद) भएकाले आङ्बो कोशीको मुख्यमन्त्री बन्ने लगभग पक्का छ । 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १८:२७
Weather Update