News Griha :: न्यूजगृह
अख्तियार सदस्यलाई नै मुद्दा चलाउनुपर्ने स्थिति दुर्भाग्यपूर्ण : गगन थापा

काठमाडौं— नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार दुरुपयाेग अनुसन्धान आयोगका सदस्यलाई अख्तियारले मुद्दा लगाउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

बुधबार राज्य व्यवस्था समितिको बैठकमा उनले भ्रष्टाचार नियन्त्रणका लागि जरामै समस्या रहेको भन्दै अख्तियार दुरुपयाेगअनुसन्धान आयोगको नियुक्ति प्रक्रियामै दलगत हस्तक्षेप र भागबन्डा भएकाले समस्या बढेको बताए । 

उनले भने,‘यसको जरामा समस्या छ । जरामा समस्या भनेको नियुक्तिमा समस्या छ । नियुक्तिमा यति दलगत हस्तक्षप र भागबन्डा छ । पछिल्लो समय अदालतले समेत भाग खोजेको छ । अख्तियारको सदस्यलाई अख्तियारले मुद्दा लगाएर बस्नुपरेको अवस्था आएको छ ।’

उनले अख्तियार आयोगको नियुक्तिको मापदण्ड र प्रक्रियालाई बदल्न आवश्यक रहेको बताए । अख्तियारको सदस्यलाई अख्तियारले मुद्दा लगाएर बस्नुपरेको अवस्था आएको भन्दै अख्तियार दुरुपयाेगअनुसन्धान आयोगका नियुक्तिमा दलगत हस्तक्षप र भागबन्डा रहेको बताएका हुन् ।

उनले भने,‘अख्तियार आयोगका नियुक्तिको मापदण्ड,प्रक्रियालाई नबद्लिकन यहाँ गर्ने कुरा मात्र हुन्छ,परिणाम दिँदैन् । नियुक्ति मापदण्डबारे कानुनमै समावेश गर्नुपर्छ ।’ उनले राष्ट्रिय सतर्कता केन्द्रलाई अख्तियार मातहत लैजानु पर्ने तर्क गरे ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १६:५४
Weather Update