News Griha :: न्यूजगृह
इजरायलबाट नेपालीको शव तत्काल ल्याउन सकिँदैन : परराष्ट्र मन्त्रालय

काठमाडौं— इजरायलमा मारिएका नेपालीको शव तत्काल ल्याउन नसकिने प्रष्ट पारेको छ ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले शव तत्काल ल्याउन नसकिने प्रष्ट पारेकी हुन् । पहिलो चरणमा विद्यार्थीहरूको उद्धार गरिने जानकारी दिँदै उनले शव भने इजरायल सरकारले आफ्नो प्रकृया पुरा गरेर हस्तान्तरण गरेपछि मात्रै आउने बताइन् । 

‘शव ल्याउन ढिलाई हुँदा मृतकका आफन्तहरूलाई पीडा हुनु स्वभाविक हो । तर, इजरायलमा युद्ध कै अवस्था रहेकाले तत्काल शव ल्याउन सकिँदैन । सबैले त्यही अनुसार बुझिदिनुपर्‍यो,’ उनले भनिन् । 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १७:४६
Weather Update