बीपी प्रतिष्ठानका १७७ जना डाक्टरले दिए सामूहिक राजीनामा

काठमाडौं— बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १७७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।
लामो समयदेखि बढुवा रोकिएको भन्दै उनीहरूले शुक्रबारबाट लागू हुनेगरि सामूहिक राजीनामा दिएका हुन् । चिकित्सक र कर्मचारीको बढुवा रोकिएपछि आन्दोलनरत चिकित्सकले बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामा पत्र बुझाएको डाक्टर एसपी रिमालले जानकारी दिए ।
चिकित्सकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेर ज्ञापनपत्र बुझाएका थिए ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८० २०:५८













