
काठमाडौं— क्रान्तिकारी कम्युनिस्ट माओवादीका नेता सीपी गजुरेलले पुराना पार्टीको विकल्प नयाँ पार्टी बन्न नसक्ने तर्क गरेका छन् ।
बुधबार काठमाडौंमा क्रान्तिकारी कम्युनिस्ट माओवादीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले जनताले पुरानो पार्टीको विकल्प खोजिरहेको अवस्थामा नयाँ पार्टी आएपनि चुनावपछि पुरानो पार्टी जस्तै भएको तर्क गरे ।
उनले भने,‘आम जनता पुराना राजनीतिक पार्टीसँग वाक्क भइसके । पार्टीसँग जनताको विश्वास सकियो । पुरानो व्यवस्थाप्रति पनि वितृष्णा भइसक्यो । जनताले विकल्प खोजिरहेको छन् । तर कसैले दिन सकेको छैनन् । विकल्प खोज्र्दै जाँदा नयाँ पार्टीलाई भोट दिन्छन् तर त्यो पनि उस्तै चुनाव सक्किन पाएको छैन पुरानै पार्टी जस्तो भइसके । न नयाँ पार्टीले विकल्पको काम गर्छ । न अरुले सकेको छ ।’
उनले निर्वाचनबाट सरकार छान्ने व्यवस्थालाई हटाएर राष्ट्रिय राजनीतिक सम्मेलनले सरकारको निर्णय गर्ने व्यवस्था जरुरी रहेको बताए ।