ओएसआर डिजिटलका सञ्चालक अग्रवाल हाजिरी जमानीमा छुटे सोमबार, असोज २२, २०८०

बागमतीसहित यी पाँच प्रदेशमा वर्षाको सम्भावना सोमबार, असोज २२, २०८० देशका केही भूभागमा सोमबार बिहान वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ ।

इजरायल घटनामा मृत्यु भएकाको शव पहिचान गरि स्वदेश ल्याइने सोमबार, असोज २२, २०८० परराष्ट्र मन्त्रालयले इजरायल घटनाका मृतकहरूको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको बताएको छ । इजरायल घटनाका सम्बन्धमा परराष्ट्र मन्त्रालयको विज्ञप्ति जारी गर्दै मृतकहरूको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको जनाएको हो । मृतकहरूको शव पहिचान गरी तत्काल नेपाल ल्याउन एवं घाइतेहरूको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल...

अष्ट्रेलियाविरुद्ध भारतको शानदार जित सोमबार, असोज २२, २०८० एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्धको पहिलो खेलमा भारतले शानदार जित दर्ता गरेको छ । भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो ।
दसैँका लागि अग्रिम टिकट बुकिङ खुला सोमबार, असोज २२, २०८० यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको बताएका छन् । गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो । दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने अनुमान छ ।

इजरायलबाट नेपाल फर्किन चाहनेलाई सरकारले ल्याउने सोमबार, असोज २२, २०८० सरकारले प्यालेस्टाइनको हमास समूहको आक्रमणपछि इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरूको उद्धार गर्ने भएको छ ।त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण सङ्कलनका लागि छिट्टै अनलाइन रजिस्ट्रेसनको व्यवस्था गर्न लागिएको इजरालयमा रहेको नेपाली दूतावासले जनाएको छ ।

इजरायलमा अलपत्र परेका नेपालीको सहयोगका लागि सरकारले तोक्यो सम्पर्क व्यक्ति आइतबार, असोज २१, २०८० सरकारले इजरायलमा अलपत्र परेका नेपालीको सहयोगका लागि सम्पर्क व्यक्ति तोकेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै इजरायलमा अलपत्र परेका नेपालीहरूको आवश्यक जानकारी, सहयोग र सहजिकरणको लागि सम्पर्क व्यक्ति तोकेको हो ।

हमासको आक्रमणबाट इजरायलमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु आइतबार, असोज २१, २०८० दक्षिणी इजरायलको अहर्जेलियामा रहेका १० नेपालीको मृत्यु भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले न्यूजगृहसँग कुरागर्दै पुष्टि गरिन् । मृतक सबै विद्यार्थी हुन् । उनीहरू 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए ।

जीप दुर्घटनामा घाइते भएकाको हेलिकप्टरमार्फत उद्धार आइतबार, असोज २१, २०८० दुर्घटनामा गम्भीर घाइते भएका सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष ३७ वर्षीय, देवजङ बोहरा, सोही गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ३५ वर्षीय पामा लामा र वडा नं का ४ का ध्रुर्वबहादुर शाहीलाई हेलिकप्टरमा नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामान्य घाइते यात्रुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

पाँच वर्षमा जलविद्युत क्षेत्रमा चमत्कार भएको छ : माओवादी सांसद पुन आइतबार, असोज २१, २०८० आइतबार प्रतिनिधि सभा बैठकमा आइतबार विद्युत् विधेयक, २०८० को सैद्धान्तिक छलफलमा भाग लिँदै उनले पाँच वर्ष अगाडि १ हजार मेगावट हाराहारीमा मात्रै रहेको र अहिले ३ हजार पुगेको भन्दै पछिल्लो पाँच वर्षमा जलविद्युतको क्षेत्रमा चमत्कार भएको तर्क गरेका हुन् ।

अष्ट्रेलियाले दियो भारतलाई २ सय रनको लक्ष्य आइतबार, असोज २१, २०८० आईसीसी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले भारतलाई २ सय रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९.३ ओभरमा १ सय ९९ रन बनाउँदा सबै विकेट गुमायो ।

इजरायलमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश ल्याउन सरकारसँग कांग्रेसको माग आइतबार, असोज २१, २०८० आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरि इजरायलमा नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा गर्न माग गरेका हुन् । त्यस्तै, कांग्रेसले त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धार गरि सुरक्षित स्थानमा पुर्याउन तथा आवश्यक परे स्वदेश फर्काउनका लागि सरकारले अविलम्व कूटनीतिक पहल गर्नुपर्ने बताएको छ ।

पूर्वसभामुख महराका छोरा राहुलसहित ३ जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस आइतबार, असोज २१, २०८० नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित ३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।









