News Griha :: न्यूजगृह
पूर्वसभामुख महराका छोरा राहुलसहित ३ जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस 
पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल ।

काठमाडौं— नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित ३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।

सीआईबीले आइतबार सरकारी वकिलको कार्यालय,काठमाडौंमा बुझाएको प्रतिवेदनमा राहुल, लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सीआईबीले पूर्वसभामुख महरालाई भने मुद्दा चलाउनु नपर्ने बताएको छ ।

२०७९ पुस १० गते फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड ०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक लि हङसङले दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० थान विद्युतीय चुरोट (भेप) ल्याएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भेप बरामद गरेको थियो । पछि सीआईबीले अनुसन्धान गरेकाे थियाे ।

भेप प्रकरणमा प्रतिवादी बनाइएकाविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन राय दिइएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:४१
Weather Update