News Griha :: न्यूजगृह
दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं— दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको बताएका छन् । गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो ।

दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने अनुमान छ ।  

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०६:२४
Weather Update