इजरायल घटनाबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् र सर्वदलीय बैठक सोमबार, असोज २२, २०८०

विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री महत मोरक्को प्रस्थान सोमबार, असोज २२, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन सोमबार मोरक्को प्रस्थान गरेका छन् ।

इजरायलमा रहेका नेपालीबारे आवश्यक निर्णय लिन समन्वय संयन्त्रको बैठक जारी सोमबार, असोज २२, २०८० परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक जारी छ ।सोमबार सिंहदबारमा इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन बैठक बसेको हो ।

जनताको पुराना पार्टी र नेताहरूप्रति व्यापक असन्तुष्टि र आक्रोश छ : अध्यक्ष भट्टराई सोमबार, असोज २२, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको पुराना पार्टी र नेताहरूप्रति व्यापक असन्तुष्टि र आक्रोश रहेको बताएका छन् ।प्रत्येक महिना गृहजिल्ला गोरखा आउनेक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले जनसंवाद गरेका छन् ।

रामपुरमा डोजर पुरिँदा चालकको मृत्यु सोमबार, असोज २२, २०८० पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले डोजर पुरिँदा चालकको मृत्यु भएको छ ।

विद्यालय शिक्षा विधेयक संशोधनको पक्रियामा सोमबार, असोज २२, २०८० विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन प्रक्रियाका लागि अनुमोदन भएको छ । शुक्रबार भएको दफाबार छलफलमा उठेका प्रश्नको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले जवाफ दिएसँगै सदनले विधेयक संशोधन दर्ता प्रक्रियाका लागि अनुमोदन गरेको हो ।

जीप दुर्घटनाका घाइतेको उद्धारका लागि जहाज हुम्ला पठाइयो सोमबार, असोज २२, २०८० हुम्लामा भएको जीप दुर्घटनाबाट गम्भीर घाइतेको उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ ।

भन्सार छलीको तीन लाख बराबरको सामान बरामद सोमबार, असोज २२, २०८० भन्सार छली गरी ल्याइएको तीन लाख रुपैयाँ मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

कवाडी सामान निकासीमा कर, विरोधमा व्यवसायी सोमबार, असोज २२, २०८० भरतपुर महानगरपालिकाले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुमा कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध जनाएका छन् । देशको आर्थिक अवस्थाका कारण व्यवसाय सञ्चालन गर्न मै समस्या भइरहँदा महानगरले थप कर असुल्न ठेक्का लगाउन लागेको गुनासो उनीहरूको छ । व्यवसायीले आइतबार महानगरपालिका परिसरमा धर्ना दिएका थिए ।

बाख्राको दूधबाट बनेको चिजको माग उच्च सोमबार, असोज २२, २०८० राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ । बाख्राको गुणस्तर वृद्धिको क्षेत्रमा अनुसन्धान गर्दै आएको कार्यक्रमले दूधको लागि प्रसिद्ध सानेन प्रजातिको बाख्राबाट चिज उत्पादन गर्दै आएको छ । पाँच वर्ष पहिले अमेरिकाबाट आएका डेरिगोट एसोसिएसनका अध्यक्ष डेनियल लेनिले बाख्रा फार्म...

सुनको झ्याल सोमबार, असोज २२, २०८०

आज विदेशी मुद्राको विनिमय दर कति ? सोमबार, असोज २२, २०८० जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४० रुपैयाँ ७१ पैसा र बिक्री दर १४१ रुपैयाँ ३४ पैसा रहेको छ ।

सोमबार यस्तो छ तपाईंको राशिफल सोमबार, असोज २२, २०८० असोज २२ गते सोमबार । असोज कृष्ण दशमी तिथि । पञ्चाङ्ग सिद्ध विष्टि । भद्रा अश्लेषा । विश्व हुलाक दिवस । यस्तो छ राशिफल ।









