News Griha :: न्यूजगृह
रामपुरमा डोजर पुरिँदा चालकको मृत्यु

लुम्बिनी— पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले डोजर पुरिँदा चालकको मृत्यु भएको छ ।

रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा२क १९५७ नम्बरको डोजर टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा चालक ३० वर्षीय धनवीर खड्काकाे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनी दाङ शान्तिनगर गाउँपालिका–१ का हुन् ।

दुर्घटनालगत्तै प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाएकामा उपचारकै क्रममा गएराति घाइते खड्काको मृत्यु भएको हाे ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १०:१५
Weather Update