चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु, ५० हजार बढी प्रहरी खटाइयो आइतबार, असोज २१, २०८०

शेयर धितो कर्जाको सीमा बढ्दा पनि घट्यो नेप्से परिसूचक आइतबार, असोज २१, २०८० शेयर धितो कर्जाको सीमा बढाउँदा पनि पुँजी बजारका लगानीकर्तामा उत्साह नदेखिएपछि आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३५ दशमलव ६७ अंकले घटेको छ ।

नेपालगञ्जमा कर्फ्यु खुकुलो, जनजीवन सामान्य आइतबार, असोज २१, २०८० नेपालगञ्ज उपमहानगरपालिकामा दिउँसोको समयमा जारी निषेधाज्ञा र रातिको कर्फ्यु खुकुलो बनाइएको स्थानीय प्रशासनले जनाएको छ ।यही असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो भने असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइ रातिको कर्फ्यु कायमै राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।

विद्यालय शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत आइतबार, असोज २१, २०८० विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रस्ताव संसद् (प्रतिनिधि सभा) बाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

शिक्षामन्त्री राईले संसदमा पेस गरे सरकार र शिक्षक महासंघबीचको सहमति आइतबार, असोज २१, २०८० शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले यही असोज ५ गते र असोज १० गते नेपाल शिक्षक महासंघ र राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमति संसद बैठकलाई जानकारी गराएका छन् ।

शिक्षामन्त्री राईले संसदमा भने—शिक्षकका जायज माग पूरा हुन्छन् आइतबार, असोज २१, २०८० शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले आइतबार संसदमा बोल्दै शिक्षकका जायज माग पूरा हुने बताएका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयक, २०८० का विषयमा संसदले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी आइतबार, असोज २१, २०८० चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।थापाविरुद्ध चलचित्र ‘प्रसाद २’ को आपराधिक विश्वासघात आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी परेपछि पक्राउ पुर्जी जारी गरिएको हो ।

शिक्षा विधेयकसँग सम्बन्धित माग पूरा नभए सडकमा आउँछौं : नेविसंघ अध्यक्ष शेर्पा आइतबार, असोज २१, २०८० नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले शिक्षा विधेयकसँग सम्बन्धित आफ्ना धाराणा संसदबाट पास नभए आफूहरू सडकमा आउने चेतावनी दिएका छन् ।
चित्रबहादुर केसीले भने— प्रदेशबाट आएर भैंसेपाटीमा बास बस्नुपर्ने कठै बरा मुख्यमन्त्रीहरू आइतबार, असोज २१, २०८० राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले लाज नमानी संघीयता खारेजी गर्नुपर्ने दोहोर्याएका छन् ।

सामाजिक सञ्जाललाई निषेध गर्ने अधिकार जिल्ला प्रशासनलाई दिन धवल समशेरको माग आइतबार, असोज २१, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल समशेर जबराले जिल्ला प्रशासन कार्यालयले चाहेमा सामाजिक सञ्जालको प्रयोगलाई निषेध गर्नसक्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

डेंगु नियन्त्रणमा प्रदेश र संघीय सरकारको ध्यान गएन : स्वर्णिम वाग्ले आइतबार, असोज २१, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले डेंगु नियन्त्रण गर्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

इजरायलमा रहेका नेपालीलाई सुरक्षित नेपाल फर्काउन नेसपाको माग, हमास आक्रमणको भर्त्सना आइतबार, असोज २१, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) ले इजरायलमा रहेका नेपालीलाई सुरक्षित राख्न र नेपाल फर्काउन सरकारसँग माग गरेको छ ।शनिबार साँझ इजरायलमाथि हमासले गरेको हमलामा त्यहाँ रहेका केही नेपाली पनि घाइते भएका छन् ।नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै इजरायलमाथि हमास आक्रमणकाे भर्त्सना गरेका छन्...

सरकारले इजरायलमा रहेका नेपालीको उद्धार गर्न ढिलाइ गर्न हुँदैन : सांसद गिरी आइतबार, असोज २१, २०८० नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले इजरायलमा हमासले गरेको आक्रमणपछि त्यहाँ रहेका नेपालीको उद्धार गर्न ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका छन् ।









