शिक्षा विधेयकसँग सम्बन्धित माग पूरा नभए सडकमा आउँछौं : नेविसंघ अध्यक्ष शेर्पा

काठमाडौं— नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले शिक्षा विधेयकसँग सम्बन्धित आफ्ना धाराणा संसदबाट पास नभए आफूहरू सडकमा आउने चेतावनी दिएका छन् ।
आइतबार काठमाडौंमा नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले विद्यार्थीको हकहित हुने गरी विधेयकमा विषय नसमेटिए आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।
उनले भने, ‘शिक्षा विधेयक आयो तर हाम्रो मागहरू संसदमा पास नभए हामी सडकमा आउँछौं । शिक्षा विधेयकमा दरबन्दीका कुराहरूमा कुनै पनि बहानामा विद्यार्थी र विद्यार्थीको अभिभावकसँग चाहे पुस्तक, फि, परीक्षा, लाईब्रेरी खर्चको हरेक कुरामा माध्यमिक तहसम्मका विद्यार्थीलाई कुनै पनि शुल्क लिन पाउँदै पाउँदैन ।’
अहिलेसम्म पनि शिक्षा विधेयकमा स्पष्ट रुपमा विद्यालयको मापदण्ड तय नभएको उनको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० १५:३९













