विद्यालय शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं— विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रस्ताव संसद् (प्रतिनिधि सभा) बाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
आइतबार सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो ।
प्रतिनिधि सभा नियमावलीको नियम ११२ अनुसार विधेयकमाथि ७२ घण्टाभित्र संशोधन दिन सकिनेछ ।
सांसदले विधेयकमाथि सैद्धान्तिक छलफलमा उठाएका प्रश्नको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले आइतबार जवाफ दिएका थिए ।
शिक्षामन्त्री राईले विधेयक स्वीकृत गरेर दफावार छलफल गरी छिटो पारित गर्ने दिशातिर संसद जानुपर्ने बताएका थिए ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० १६:३९













