सरकारले इजरायलमा रहेका नेपालीको उद्धार गर्न ढिलाइ गर्न हुँदैन : सांसद गिरी

काठमाडौं— नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले इजरायलमा हमासले गरेको आक्रमणपछि त्यहाँ रहेका नेपालीको उद्धार गर्न ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा उनले यो विषयमा सरकारले अत्यन्त प्रभावकारी ढंगले आफ्नो कदम उठाउनुपर्ने बताए ।
‘ती नागरिकको अभिभावका यो सरकार हो भने उनीहरूको उद्धार गर्न ढिलाइ गर्न हुँदैन । यसमा सरकारले अत्यन्त प्रभावकारी ढंगले आफ्नो कदम उठाउनुपर्छ । सरकारले एउटा विज्ञप्ति जारी गरेर मात्र पुग्दैन,’ उनले भने ।
उनले प्रधानमन्त्री दाहाल र इजरायलका प्रधानमन्त्रीबीच कुरा हुनुपर्ने र नागरिकको जीवन रक्षाको लागि छलफल गर्नुपर्ने बताए ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० १४:२५













