News Griha :: न्यूजगृह
इजरायलमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्रीले गरे फोन

काठमाडौं— इजरायलमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन गरेका छन् ।

इजरायलमा नेपाली साथीहरुसँगै रहेका विपिन सुवेदीलाई प्रधानमन्त्री दाहालले सोमबार फोन गरेका हुन् । उनीहरुलाई प्रधानमन्त्रीले त्यहाँ सुरक्षित बस्न भनेका छन् ।

प्रधानमन्त्री दाहालले इजरायल सरकारको अनुमति पाउनेबित्तिकै उडाउनका लागि विमान तयारी अवस्थामा राखिएको भन्दै धैर्य गर्न आग्रह गरे ।

शनिबार इजरायलमाथि हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको पनि मृत्यु भएको छ । केही नेपाली घाइते छन् ।

बंकरमा कष्टकर जीवन बिताइरहेका उनीहरुले भिडिओ सन्देशमार्फत तत्काल स्वदेश फर्काउन सरकारसँग अनुरोध गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:४६
Weather Update