News Griha :: न्यूजगृह
इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले प्रयास गरिरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं— गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा रहेका नेपालीलाई आफ्नै आमाको काखमा फर्काउन सरकारले प्रयास गरिरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा राष्ट्रिय लोकदोहोरी व्यवसायी संघको पाँचौं साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले इजरायलमा जारी द्वन्द्वका कारण समस्यामा परेका र मृत्यु भएका नेपालीप्रति दुःख व्यक्त गर्दै तत्काल नेपाल ल्याउन प्रयास भइहरेको बताए ।

उनले भने,‘इजरायलमा रहेका नेपालीलाई आफ्नै आमाको काखमा, आफ्नै भूमिमा बाँच्न पाउन स्थिति सिर्जना गर्नुपर्छ । गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि पनि नेपाललाई विकसित गर्नुपर्छ ।’

त्यो आवश्यकतालाई पूरा गर्न सरकारले पहल गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १५:३३
Weather Update