News Griha :: न्यूजगृह
तपाईँलाई चाहियो भन्दैमा दुई महिनामा भैँसी ब्याउँदैन : एमाले अध्यक्ष ओली
तपाईँलाई चाहियो भन्दैमा दुई महिनामा भैँसी ब्याउँदैन : एमाले अध्यक्ष ओली नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा संयमता पूर्वक सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले सदस्यता लिने बित्तिकै ठुलो पद प्राप्त गर्ने प्रयास गर्ने गरेको भन्दै उनले पार्टीको पनि प्रकृतिको जस्तै नियम हुने तर्क गरे ।
नेपाल लाइफद्वारा ‘तिमी यो दसैँमा के गर्छौ?’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना
नेपाल लाइफद्वारा ‘तिमी यो दसैँमा के गर्छौ?’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना ‘तिमी यो दसैँमा के गर्छौ?’ नामक यस टिकटकको जिङ्गलमा (जिंगलको लिङ्क) सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ । हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरू छनौट गरी प्रथम, द्वितीय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।
यूएईमाथि नेपालको सहज जित
यूएईमाथि नेपालको सहज जित त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार मूलपानी क्रिकेट मैदानमा नेपालले यूएईमाथि ७ विकेटको जित हात पारेको हो । यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्‍यो ।
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेशसभामा बुधबार भएको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र खसेको छ । राप्रपा बाहेक प्रदेश सभामा भएका सबै दलले कार्कीलाई मत दिएका छन् । मतदानमा ९१ जना सहभागी थिए ।
गाजाको अस्पतालमा भएको आक्रमणको एमालेद्वारा भर्त्सना
गाजाको अस्पतालमा भएको आक्रमणको एमालेद्वारा भर्त्सना बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति सार्वजनिक गर्दै सिङ्गो अस्पताल भवन नष्ट हुनु र बालबालिकासहित सयौँको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कम हुने बताएका छन् ।
८ भाइले युद्ध जितेरै आएपछि गाला जोड्यौँ : उद्धव थापा
८ भाइले युद्ध जितेरै आएपछि गाला जोड्यौँ : उद्धव थापा नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्री केदार कार्की र उनलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरूसँग गला मिलाएको बताएका छन् । बुधबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै नेता थापाले आफ्ना साथीले युद्ध जितेर आएकाले गला मिलाएको बताएका हुन् ।
दसैँसँगै शेयर बजारमा उत्साह, बुधबार नेप्से ४३.२७ अङ्कले वृद्धि
दसैँसँगै शेयर बजारमा उत्साह, बुधबार नेप्से ४३.२७ अङ्कले वृद्धि दसैँ सुरु भएसँगै शेयर बजार बढ्न लागेको छ । असोज मसान्तमा बैंक ब्याज तिर्न र दसैँमा खर्च व्यवस्थापन गर्न शेयर बिक्रीको चाप आउँदा पछिल्लो केही दिन यता लगातार घटेर सोमबार १८५१.४३ को विन्दुमा झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेको हो ।
नयाँ चुनौतीको उदयसँगै नागरिकको संवेदनशीलता बढेको छ : उपप्रधानमन्त्री खड्का
नयाँ चुनौतीको उदयसँगै नागरिकको संवेदनशीलता बढेको छ : उपप्रधानमन्त्री खड्का संयुक्त राष्ट्र संघ दिवसका अवसरमा नेपाली सेनाले बुधबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले नयाँ चुनौतीहरूको उदयसँगै विश्वव्यापीरूपमा नागरिकहरूको संवेदनशीलता बढेको पनि बताए । संयुक्त राष्ट्र संघ दिवस, २०२३ को उपलक्ष्यमा ‘शान्ति म बाट सुरु हुन्छ’ भन्ने मूल नाराका साथ मनाइँदै छ ।
यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य
यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य मूलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोड्यो । यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए । 
कर्मचारीलाई इन्धनको सट्टा नगद दिने निर्देशिका जारी [पूर्णपाठसहित]
कर्मचारीलाई इन्धनको सट्टा नगद दिने निर्देशिका जारी [पूर्णपाठसहित] सरकारले ‘सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद प्रदान गर्ने निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । सरकारले इन्धन खर्चमा मितव्ययिता अपनाई सुशासन कायम गर्नका लागि अर्थ मन्त्रालयले निर्देशिका जारी गरेको हो ।  
श्रीमतीको  हत्या अभियोगमा श्रीमान् पक्राउ
श्रीमतीको  हत्या अभियोगमा श्रीमान् पक्राउ श्रीमतीको हत्या अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
गुलसनले लिए यूएईको तेस्रो विकेट
गुलसनले लिए यूएईको तेस्रो विकेट त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले यूएईको तेस्रो विकेट लिएको छ । यूएईको तेस्रो विकेट नेपाली बलर गुलसन झाले लिएका हुन् । गुलसनले यूएईका कप्तान मुहम्मद वसिमलाई १७ रनको व्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका हुन् । ६.१ ओभरमा वसिम आउट हुँदा यूएईले ३२ रन बनाएको छ । 
Weather Update