श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

काठमाडौं — श्रीमतीको हत्या अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
पिटरले खाना पकाउने कुकर प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी थिइन । घाइते छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको र सो बारे सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीको टोलीले राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८० १४:२०