चीनमा रहेका गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना बिहीबार, कात्तिक २, २०८०

गुल्मीमा डोजरको ठक्करबाट एक जना वृद्धको मृत्यु बिहीबार, कात्तिक २, २०८० तम्घासबाट पराल्मी जाने कच्ची सडकको टापु भन्ने स्थानमा लु१क ५०२४ नम्बरको डोजरले पैदल यात्री सुनारलाई ठक्कर दिएको थियो । प्रहरीले डोजर चालक पाल्पा जिल्ला माथागढी गाउँपालिका-७ रतवास बस्ने २९ वर्षका कृष्णबहादुर लामिछानेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
![लोकसेवा आयोगले माग्यो कर्मचारी [विज्ञापनसहित]](https://newsgriha.com/uploads/posts/loksewaaayog-nepal1691632676.jpg)
लोकसेवा आयोगले माग्यो कर्मचारी [विज्ञापनसहित] बिहीबार, कात्तिक २, २०८० लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले विज्ञापन निकालेको हो ।

यू-१९ प्रिमियर कप : नेपाल र साउदी अरेबिया भिड्दै बिहीबार, कात्तिक २, २०८० एसीसी यू-१९ प्रिमियर कपमा बिहीबार नेपालले साउदी अरेबियासँग खेल्दैछ । मलेसियाको वाइकेएम ओभलमा खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ । सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने हुन्छ। समूह ए मा रहेको नेपाल र साउदी अरेबिया दुवैले यसअघिका आफ्ना २-२ खेल नै जितेर ४-४ अंक बनाएका छन्...

गएराति बझाङमा ४.६ म्याग्निच्युडको भूकम्प बिहीबार, कात्तिक २, २०८० भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।

लगातार दोस्रो जितको खोजीमा हङकङविरुद्ध मैदान उत्रदै नेपाल बिहीबार, कात्तिक २, २०८० यसअघि नेपालले पहिलो खेलमा बुधबार यूएईविरुद्ध ७ विकेटको सहज जित निकालेको थियो । टी–२० विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् । खेल बिहान ११ बजे मूलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा हङकङको यो पहिलो खेल हो ।

नवरात्रको पाँचौँ दिन आज, स्कन्दमाताको पूजा आराधना गरिँदै बिहीबार, कात्तिक २, २०८० शारदीयनवरात्र अर्थात् बडादसैँको पाँचौँ दिन बिहीबार स्कन्दमाताको पूजा आराधना गरिँदैछ । स्कन्दमाता भगवती पार्वतीकै रूप हो। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ ।

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना बिहीबार, कात्तिक २, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

राष्ट्रपतिबाट कैद मिनाहा पाएको २५ दिन मै लोकबहादुरले गरे महिलाको हत्या, कारण अनैतिक सम्बन्ध र लेनदेन बिहीबार, कात्तिक २, २०८० गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिकले होटेलमा लगेर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

लागूऔषध चरेस र चितुवाको छालासहित प्रहरी हवल्दार पक्राउ बुधबार, कात्तिक १, २०८० पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदारसमेत छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रहरी सहायक हवलदार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका- १ का २६ वर्षीय धनकृष्ण रोकाया बुढीगङ्गा नगरपालिका- १० का ३० वर्षीय हेमराज जोशी पक्राउ परेका हुन् ।

‘रअ’ प्रमुखको निमन्त्रणामा दिल्ली जाँदै राष्ट्रिय अनुसन्धान विभाग प्रमुख बुधबार, कात्तिक १, २०८० भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) प्रमुख रवि सिन्हाको निम्तोमा उनी भारत जान लागेका हुन् । उनी यही साता ‘रअ’ प्रमुखको निमन्त्रणामा दुई दिनको लागि दिल्ली जान लागेका हुन् ।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु बुधबार, कात्तिक १, २०८० हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट स्थानीय ५२ वर्षीय गोविन्द भण्डारीको बुधबार बिहान मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

सशस्त्र प्रहरी नै ठगी धन्दामा, कम परिमाणमा डिजेल बिक्री गरेपछि पम्प सिल बुधबार, कात्तिक १, २०८० केन्द्रीय अनुगमन टोलीले सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वयम्भुस्थित हलचोक फ्युल सेन्टर पम्प सिल गरेको छ । बुधबार गरिएको अनुगमन क्रममा उपभोक्तालाई कम परिमाणमा डिजेल दिएको भन्दै र हलचोक फ्युल सेन्टर पम्प र कलङ्कीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको हो ।









