News Griha :: न्यूजगृह
निलगिरि हिमाल
निलगिरि हिमाल
सरकारले घटायो जिउँदो खसी र च्याङ्ग्राको मूल्य
सरकारले घटायो जिउँदो खसी र च्याङ्ग्राको मूल्य सरकारले जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो । यो मूल्य भोलिदेखि लागू हुनेछ ।
कोजाग्रत पूर्णिमाका दिन कांग्रेसको चियापान
कोजाग्रत पूर्णिमाका दिन कांग्रेसको चियापान दसैँ, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरूको अवसरमा शुभकामना दिन चियापान राखिएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ४७ वर्षअघिदेखि सुरु गरिएको चियापान यसवर्ष पनि जारी राख्ने सबै तयारी पूरा भएको उनले बताए ।
गाजामा सर्वसाधारणमाथि भएको आक्रमणको नेपालले गर्‍यो निन्दा
गाजामा सर्वसाधारणमाथि भएको आक्रमणको नेपालले गर्‍यो निन्दा नेपाल सरकारले गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको हमलामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंगलबार गाजाको एक अस्पतालमा आक्रमण गरी निर्दोष नागरिकको ज्यान लिएको घटनाले स्तब्ध बनाएको उल्लेख गरेको छ ।
रास्वपा विकल्परहित पार्टी : उपाध्यक्ष अर्याल
रास्वपा विकल्परहित पार्टी : उपाध्यक्ष अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालले रास्वपा विकल्परहित पार्टी भएको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित पार्टीको भेलामा उनले देश विकास गर्ने पार्टी रास्वपा मात्र भएको भन्दै रास्वपा विकल्परहित पार्टी भएको दाबी गरेका हुन् । 
भोलिसम्म निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी हुने, अर्थले गर्‍यो परिपत्र
भोलिसम्म निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी हुने, अर्थले गर्‍यो परिपत्र निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ । उक्त भुक्तानी दसैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
झिनो अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम भने बढ्यो
झिनो अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम भने बढ्यो नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक ४.०५ अङ्कले घटेर १९०३.८४ विन्दुमा बन्द भएको हो । कारोबार रकममा भने सुधार देखिएको छ । आज ९७ करोड ६ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ । बुधबार ९३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम गर्ने
एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम गर्ने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम राखिएको छ । ‘नेपालीहरुको ठूला चाडहरुको अवसरमा शुभकामना आदान–प्रदान गर्न पार्टी अध्यक्षले चियापान राख्नुभएको हो,’ अधिकारीले भने । 
दसैँमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने
दसैँमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई  दसैँको दिन टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार एक सूचना जारी गरी विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय तालिका सार्वजनिक गरेको छ ।
रास्वपा विदेशीको इसारामा चल्दैन : सभापति लामिछाने
रास्वपा विदेशीको इसारामा चल्दैन : सभापति लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विदेशीको इसारामा चलेको पार्टी भन्नेहरूलाई बहस गरेर आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले रास्वपा नेपाली जनता बाहेक कसैको चन्दा, कसैको जुठो पिरो नखाने बाचा गरेर हिँडेको पार्टी भएको भन्दै विदेशीको इसारामा नचल्ने बताए ।
दसैँमा मौसम कस्तो रहला? यस्तो छ पूर्वानुमान
दसैँमा मौसम कस्तो रहला? यस्तो छ पूर्वानुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले यसपालिको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए । 'दसैँमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक-दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ,' उनले भने ।
‘रामकुमारी झाँक्रीको अभिव्यक्ति सामान्य विषय हो, ठूलो इस्यु नबनाउँ’
‘रामकुमारी झाँक्रीको अभिव्यक्ति सामान्य विषय हो, ठूलो इस्यु नबनाउँ’ नेकपा एकीकृत समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्रीले एनआरएनए महाधिवेशनमा गरेको भाषणले अहिले माहोल तात्तिएको छ । उनको समर्थन र विरोधमा बाँडिएका छन् । केहीले झाँक्रीले तीतो सत्य बोलेको भन्दै उनको बचाउ गरेका छन् भने केहीले एनआरएनलाई अपमानित गरेको गुनासो गरिरहेका छन् । एनआरएनए अध्यक्ष कुल आचार्य भने झाँक्रीको अभिव्यक्तिबाट खासै...
Weather Update