News Griha :: न्यूजगृह
सरकारले घटायो जिउँदो खसी र च्याङ्ग्राको मूल्य

काठमाडौं— सरकारले जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ ।

जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो ।

यो मूल्य शुक्रबादेखि लागू हुनेछ । चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस भनी सरकारले खसी तथा च्याङ्ग्रा खरिदमा अझ सहुलियत दिएको छ ।

जिउँदो खसीको मूल्य प्रति ६५० र च्याङ्ग्रा प्रतिकिलो १२२५ रुपैयाँ कायम गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।  यसअघि खसी प्रतिकिलो ६७० र च्याङ्ग्रा प्रतिकिलो १२५० थियो । 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  २१:१२
Weather Update