News Griha :: न्यूजगृह
झिनो अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम भने बढ्यो

काठमाडौं नेप्से परिसूचक बिहीबार झिनो अङ्कले घटेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक ४.०५ अङ्कले घटेर १९०३.८४ विन्दुमा बन्द भएको हो । कारोबार रकममा भने सुधार देखिएको छ । आज ९७ करोड ६ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

बुधबार ९३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १५:४१
Weather Update