इजरायलले ४ नेपालीको शव दूतावासलाई बुझायो, पर्सि काठमाडौं पुग्ने शुक्रबार, कात्तिक ३, २०८०

एनआरएनएको निर्वाचन प्रक्रिया स्थगित शुक्रबार, कात्तिक ३, २०८० बिहीबार सम्पन्न निर्वाचनपछि मतपरिणाम सार्वजनिक भएसँगै त्यहाँ धाँधलीको आरोप लागेको थियो । अध्यक्षका उम्मेदवारहरु आरके शर्मा र महेश श्रेष्ठले शुक्रबार नै सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरी पुनः चुनाव गराउन माग गर्दै प्रमुख निर्वाचन अधिकृत समक्ष निवेदन दिएका थिए ।

बझाङमा जीप दुर्घटना, एकको मृत्यु, पाँच घाइते शुक्रबार, कात्तिक ३, २०८० बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते छन् । छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जीप दुर्घटनामा परी घाइते भएका सोही वडा बुड्खोरीका २५ वर्षीय रेशम महत (इनार) को मृत्यु भएको हो ।

मध्यावधि निर्वाचन टार्न मात्रै कोशीमा एमालेसँग सहकार्य : शेखर कोइराला शुक्रबार, कात्तिक ३, २०८० नेपाली कांग्रेस नेता शेखर कोइरालाले सत्ता गठबन्धनमा कोशीको सरकार गठनले कुनै असर नपर्ने बताएका छन् । विराटनगरमा शुक्रबार पत्रकारसँगको कुराकानीमा कोइरालाले कोशी प्रदेश सभाको जटिल अङ्क गणितले मध्यावधि निर्वाचन टार्न मात्रै एमालेसँग मिलेर सरकार गठन गरिएको र यसको असर गठबन्धन, संघीय सरकार लगायत अन्य प्रदेशमा नपर्ने बताएका हुन् ।

दसैँमा पनि आयल निगमका डिपोहरू खुला रहने शुक्रबार, कात्तिक ३, २०८० नेपाल आयल निगमका अनुसार कात्तिक ४ गते अर्थात् फूलपातीका दिनदेखि कात्तिक ९ गतेसम्म (कोजाग्रत पूर्णिमा) का दिन सम्मै बिक्री केन्द्रहरू खुला रहने भएका हुन् । तथापि, व्यवस्थापन अनुकूल केन्द्रदेखि प्रादेशिक कार्यालयहरूलाई दिन अनुसार खुला राख्ने तालिका तयार गरिएको निगमले जनाएको छ ।

मकवानपुरमा यात्रुवाहक बस दुर्घटना शुक्रबार, कात्तिक ३, २०८० बकैयामा यात्रुवाहक बस दुर्घटना भएको छ । शुक्रबार अपराह्न हेटौँडाबाट बागमती गाउँपालिकातर्फ जाँदै गर्दा मदन भण्डारी राजमार्ग (धरान चतारा सडक खण्ड) अन्तर्गत पर्ने बकैया–५ तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका हुन् ।

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त शुक्रबार, कात्तिक ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकार डा. रूपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता बास्तोला पक्राउ शुक्रबार, कात्तिक ३, २०८० बास्तोलाले चलाएको सवारीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि प्रहरीले पक्राउ गरेको हो । काठमाडौंबाट सुर्खेत जाँदै गरेका बास्तोलाले चलाएको जीपले बिहीबार राति दाङको राप्ती गाउँपालिकामा विपरीत दिशाबाट आइरहेको रा ६ प ५७८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दाङको राप्ती गाउँपालिकाका २९ वर्षीय वसन्तराम चौधरीको...

चिकित्सकको सामूहिक राजीनामापछि उपचार सेवा प्रभावित शुक्रबार, कात्तिक ३, २०८० लामो समयदेखि पदोन्नति नभएको भन्दै पदोन्नति गर्न गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरूको माग प्रतिष्ठानका पदाधिकारीले पूरा नगरेपछि काठमाडौं गएरसमेत दबाबमूलक आन्दोलन गरेका थिए ।

राष्ट्रसङ्घका महासचिव गुटेरेसले कार्तिक १४ गते संघीय संसद्लाई सम्बोधन गर्ने शुक्रबार, कात्तिक ३, २०८० संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कार्तिक १४ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने तय भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई कार्तिक १४ गते अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

दसैँ मान्न घर फर्किनेको संख्या बढ्दो : २४ घण्टामा एक लाखले छोडे काठमाडौं शुक्रबार, कात्तिक ३, २०८० दसैँ मान्न पुर्ख्यौली थलो फर्किनेको संख्या दिनानु दिन बढ्न थालेको छ । काठमाडौंबाट बाहिर जाने नाकाहरूमा सवारी साधनको चाँप बढेको छ । दसैँ मान्न कर्मथलो छोडेर पुर्ख्यौली घर फर्किनेको संख्या घटस्थापनादेखि निरन्तर बढ्दो क्रममा छ ।

काठमाडौं छाड्नेको चाप बढ्यो, दैनिक तीन सय सवारीसाधन सञ्चालनमा, चाडपर्व लक्षित सुरक्षा योजना के छ? शुक्रबार, कात्तिक ३, २०८० नवरात्रको छैटौँ दिनसम्म आइपुग्दा दसैँमा गाउँघर फर्किने मानिसहरको ठूलो संख्या काठमाडौं उपत्यकाबाट धमाधम बाहिरिइरहेका छन् । उपत्यकाका सबै नाकाबाट विभिन्न जिल्ला जाने सवारीसाधन भरिभराउ देखिन्छन् ।

अनलाइन भोटिङ सिस्टम कब्जा गरेको भन्दै एनआरएनए अध्यक्षका दुई प्रतिस्पर्धीबाट मतपरिणाम अस्वीकार शुक्रबार, कात्तिक ३, २०८० गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनका क्रममा भएको अनलाइन भोटिङ सिस्टम मार्फत मत कब्जा गरेको भन्दै अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन परिणाम अस्वीकार गरेका छन् ।









