News Griha :: न्यूजगृह
इजरायलले ४ नेपालीको शव दूतावासलाई बुझायो, पर्सि काठमाडौं पुग्ने

काठमाडौं— प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका ४ जना नेपालीको शव आइतबार बिहान काठमाडौं पुग्ने भएको छ ।

आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये ४ जनाको शव आइतबार काठमाडौं पुग्ने तेलअविवस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । दूतावासले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि दिउँसो १:२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको जानकारी गराइएको छ ।

इजरायलबाट दुबईसम्म र त्यहाँबाट काठमाडौंसम्म पुग्ने व्यवस्था मिलाइएको राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अन्य शव पहिचानको काम भइरहेको जनाइएको छ । सम्पर्कविहीन विपीन जोशीको खोजी भइरहेको पनि दूतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  २०:३३
Weather Update