News Griha :: न्यूजगृह
नेपालद्वारा हङकङ पराजित
नेपालद्वारा हङकङ पराजित त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत शनिबार भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो ।
पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन
पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दसैँ सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको हो ।
नेपालले हङकङविरुद्ध टस जितेर ब्याटिङ रोज्यो
नेपालले हङकङविरुद्ध टस जितेर ब्याटिङ रोज्यो टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।यसअघिका दुई खेल जितेको नेपाल यो खेल जित्दै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।
सिमसार क्षेत्र मासिँदै, वातावरणमा प्रतिकूल असर
सिमसार क्षेत्र मासिँदै, वातावरणमा प्रतिकूल असर विभिन्न कारणले सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका सिमसार र रामसार क्षेत्रहरू अतिक्रमणमा परेका छन् । अतिक्रमणका कारण ती क्षेत्र खुम्चिँदै गएका छन् ।सिमसार क्षेत्र मासिने जोखिम बढेपछि यस क्षेत्रको वातावरणमा प्रतिकूल असर परिरहेको छ ।
राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु सबैको साझा दायित्व हो : प्रधानमन्त्री दाहाल  
राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु सबैको साझा दायित्व हो : प्रधानमन्त्री दाहाल   शनिबार फूलपातीका दिन शुभकामना सन्देश जारी गर्दै उनले नेपाली विशिष्टता र मौलिकताको सम्वर्द्धन एवं विकास गरेर ज्ञानविज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सक्ने भन्दै यसको जगेर्ना गर्दै राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।
गाडीमा पेस्तोल लिएर हिँडेका युवक पक्राउ
गाडीमा पेस्तोल लिएर हिँडेका युवक पक्राउ मोरङको धनपालथान गाउँपालिकाबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको गस्ती टोलीले पेस्तोलसहित उनलाई शुक्रबार राति पक्राउ गरेको हो ।
दसैँले मेलमिलाप अभिवृद्धि गरोस् भन्दै राष्ट्रपतिले दिए शुभकामना
दसैँले मेलमिलाप अभिवृद्धि गरोस् भन्दै राष्ट्रपतिले दिए शुभकामना नेपालीहरूको महान पर्व दसैँको शुभकामना दिँदै शनिबार जारी वक्तव्यमा राष्ट्रपतिले यो पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गरोस् भनेका छन् ।
मकवानपुरमा गएराति मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मकवानपुरमा गएराति मोटरसाइकल दुर्घटना, चालकको मृत्यु त्रिभुवन राजपथअन्तर्गत भैंसे–हेटौँडा सडकखण्डको बागझोरामा गएराति भैसेँबाट हेटौँडातर्फ आउँदै गरेको बा१७प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खस्दा मोटरसाइकल चालकको घटनास्थल मै मृत्यु भएको छ ।
आजको लागि तरकारी तथा फलफूलको मूल्य
आजको लागि तरकारी तथा फलफूलको मूल्य कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको बजार मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज भारतीय ठूलो गोलभेँडा न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँ, सानो गोलभेँडा ५० रुपैयाँ र नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँमा बिक्री भइरहेको छ ।
आज घरघरमा फूलपाती भित्राइँदै
आज घरघरमा फूलपाती भित्राइँदै बडादसैँको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ ।
डेढ दशकयता नेपालीमा उत्साह छैन : ज्ञानेन्द्र शाह
डेढ दशकयता नेपालीमा उत्साह छैन : ज्ञानेन्द्र शाह व्यक्तिगत स्वार्थ, दलीय भागबन्डा, आपसी राजनीतिक द्वन्द्व, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित भएको शाहले बताएका छन् । यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमङ्गका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझ बिहानको जीवन यापन पनि कष्टकर बन्दै गएको त छैन ? भनेर प्रश्न समेत गरेका छन् ।
Weather Update