भूकम्पका कारण २० घर भत्किए आइतबार, कात्तिक ५, २०८०

नेपाल वायुसेवा निगमका तीन जहाज खरिदका लागि बोलपत्र आह्वान आइतबार, कात्तिक ५, २०८० निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको हो । ती जहाज निगमले आन्तरिक स्रोतबाट खरिद गर्ने जनाइएको छ । निगमसँग हाल आन्तरिक उडानतर्फ दुई वटा ट्वीनअटर जहाज छन् । आइतबार २२ अक्टुबरमा खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म छ ।

राष्ट्रपति पौडेलले गरे पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना आइतबार, कात्तिक ५, २०८० बडादसैँको अवसरमा महाअष्टमीको दिन राष्ट्रप्रमुखले पलाञ्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा छ । पाँचखाल नगरपालिका–९ बुच्चाकोटस्थित पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ ।
![धादिङमा चारवटा भूकम्पको धक्का [अपडेट]](https://newsgriha.com/uploads/posts/earthquake-frequency1680333228.jpg)
धादिङमा चारवटा भूकम्पको धक्का [अपडेट] आइतबार, कात्तिक ५, २०८० आइतबार बिहान तीन घन्टाको अन्तरालमा धादिङमा चारवटा भूकम्पको कम्पन महसुस गरिएको छ । आइतबार बिहान धादिङ, ज्वालामुखी-५ खरी केन्द्रबिन्दु गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

इजरायलमा मृत्यु भएका विद्यार्थीको शव काठमाडौं ल्याइयो आइतबार, कात्तिक ५, २०८० चारजनाको शव एकैपटक ल्याउने भनिएपनि एकजनाको शव भने दिउँसो १ बजेको जहाजमा काठमाडौं आइपुग्ने भएको छ । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी र दिपेशराज विष्टको शव मात्र नेपाल आइपुगेको हो । आशिष चौधरीको शव भने आज दिउँसो आइपुग्दै छ ।
१४०१ सालमा फूलपातीका दिन गएको थियो भूकम्प, अष्टमीमा राजा अरि मल्लको मृत्यु आइतबार, कात्तिक ५, २०८० आइतबार बिहान धादिङको खरी केन्द्रबिन्दु गएर गएको भूकम्पले दसैँ मनाइरहेका बेला हल्लीखल्ली मच्चिएको छ । धादिङ वरिपरिका क्षेत्रका मानिसहरूले विगतका भूकम्प सम्झँदै अनुभव सुनाएका थिए । आज बिहानको भूकम्प भने ६.१ म्याग्निच्युडको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

खर्चिलो निर्वाचन प्रणाली सुधार गर्नुपर्छ : कांग्रेस सांसद शाही आइतबार, कात्तिक ५, २०८० २०४३ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गरेका शाहीले सङ्घको कर्णाली काठमाडौं सम्पर्क समिति उपसभापति, २०४८ मा मुगुबाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य हुँदै २०५९ मा नेपाली कांग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति भएर काम गरे । पार्टी एकीकरणपछि २०६७ र २०७८ मा नेपाली कांग्रेस मुगुका सभापति बनेका शाहीले पाँच...

धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प आइतबार, कात्तिक ५, २०८० २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बाकपाक केन्द्रबिन्दु गरी भूकम्प गएको थियो । त्यस्तै २०७२ वैशाख २९ गते दोलखा र सिन्धुपाल्चोकको सिमाना केन्द्र गरी भूकम्प गएको थियो । त्यसयता परकम्प गइरहे पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गर्न रोकिएको थियो ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का आइतबार, कात्तिक ५, २०८० काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । गण्डकी प्रदेशलगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । धक्काले दसैँको रमझममा रहेकाहरूलाई झस्काएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

Hot report | The Detailed Story of #maya आइतबार, कात्तिक ५, २०८० ह्याशट्याग माया चलचित्र बन्ने क्रममा विभिन्न घटनाले यो चलचित्र चर्चित भयो । यो फिल्मसँग सम्बन्धित कलाकारहरूले सिने जगत मात्र नभै पुरै नेपालीहरूलाई सोच्न बाध्य गराइदियो। आउनुहोस् यो भिडिओद्वारा विश्लेषण गरौँ ।

यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक ५, २०८० देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

इजरायलमा मारिएका ४ जना विद्यार्थीको शव बिहान ९ बजे आइपुग्दै आइतबार, कात्तिक ५, २०८० इजरायलको किबुज अलुमिममा आतंकारी संगठन हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीमध्ये चार जनाको शव आइतबार बिहान काठमाडौं आइपुग्दै छ । कानुनी प्रक्रिया पूरा भएका चार विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो फ्लाइ दुबईको उडानबाट नेपाल पठाइएकोमा आइतबार बिहान ९ बजे आइपुग्न लागेको हो ।

महाअष्टमी पर्व मनाइँदै, राति कालरात्रि पूजा आइतबार, कात्तिक ५, २०८० यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँछन् ।









