राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने मंगलबार, कात्तिक ७, २०८०

अशान्त हुन थालेको विश्वमा विजयादशमीले शान्ति ल्याउन् : राष्ट्रपति पौडेल मंगलबार, कात्तिक ७, २०८० दसैँको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले सो कामना गरेका हुन् । उनको शुभकामना सन्देशमा लेखिएको छ, ‘अशान्त हुन थालेको विश्वमा विजयादशमीले शान्ति ल्याउन्, साथै, यस अवसरमा म मानव जातिको कल्याण र विश्व शान्तिका लागि कामना गर्दछु ।’

कस्तो रहला विजयादशमीको दिन मौसम? मंगलबार, कात्तिक ७, २०८० देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी, उच्च पहाडी तथा उच्च हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागले बिहान कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइँदै, उत्तम साइत ११:०२ बजे मंगलबार, कात्तिक ७, २०८० टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ ।

प्याराग्लाइडिङ गरेपछि परराष्ट्र मन्त्री साउदले भने— पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ सोमबार, कात्तिक ६, २०८० परराष्ट्रमन्त्री एनपी साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताएका छन् । पोखराको तोरीपानीबाट फेवाताल किनारमा सोमबार प्याराग्लाइडिङ गरेपछि उनले साहसिक पर्यटनलगायतका धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आगामी दिनमा गति लिने विश्वास व्यक्त गरे ।

मानुङकोट सोमबार, कात्तिक ६, २०८०

दसैँ मनाउन मौसम बाधक नबन्ने, काठमाडौंमा चिसो बढ्यो सोमबार, कात्तिक ६, २०८० यो वर्षको दसैँको विजया दशमीमा टाढाको यात्रा गर्न मौसमले साथ दिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

संस्था बचाउन विद्रोह : एनआरएनए 'विद्रोही' अध्यक्ष शर्मा सोमबार, कात्तिक ६, २०८० ११औं महाधिवेशनबाट डा. बद्री केसीसहितको टीम विजयी भएपछि पराजित समूहले औपचारिक रूपमै समानान्तर कार्यसमिति घोषणा गर्दै संस्था बचाउन विद्रोह गरेको जिकिर गरेको हो । सोमबार पत्रकारसँग विद्रोही समुहका अध्यक्ष शर्माले भने, ‘विद्रोह संस्था बचाउनका लागि हो ।’ उनले हरेकले दश दश डलर उठाएर संस्थाको भवन बनाएको भन्दै यो कसैको व्यक्तिगत...

यूएईमाथि नेपालको ५ विकेटको जित सोमबार, कात्तिक ६, २०८० यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रनको योगदान गरे । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १५ बलमै एक छक्का र ६ चौका प्रहार गर्दै ४० रनमा...

टस जितेर यूएईविरुद्ध बलिङ गर्दै नेपाल सोमबार, कात्तिक ६, २०८० आजको खेलमा नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ । हङकङ पनि सम्मिलित सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि यूएईलाई पहिलो खेलमा ७ विकेटले हराएको थियो ।
![तलेजु भवानीको दर्शन गर्न भक्तजनको लाम [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/taleju-mandir-3-1698037436.jpg)
तलेजु भवानीको दर्शन गर्न भक्तजनको लाम [तस्बिरहरू] सोमबार, कात्तिक ६, २०८०

पाल्पामा अर्को दुर्घटना, ५ जना घाइते सोमबार, कात्तिक ६, २०८० पाल्पाको रम्भा गाउँपालिका–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोमबार बिहान ५ बजेतिर लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

दसैँमा मुस्ताङबाट २३ करोडको च्याङ्ग्रा निकासी सोमबार, कात्तिक ६, २०८० मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर २३ करोड मूल्य बराबरको च्याङ्ग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत जिल्लामा च्याङ्ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दसैँका लागि ५ हजार ७५५ च्याङ्ग्रा निकासी भएको जानकारी दिए...









