News Griha :: न्यूजगृह
भलिबल खेलाडी श्रेष्ठले गरे आत्महत्या 
भलिबल खेलाडी श्रेष्ठले गरे आत्महत्या  उनी धादिङको टीमका कप्तान थिए । उनी नेतृत्वको टोलीले बुधबार भएको खेल जितेको थियो । मृत्युको कारण पोस्टमार्टम जाँचपछि खुल्ने प्रहरीले बताएको छ । घटनास्थल आसपास हालसम्म सुसाइट नोट वा अन्य कुनै संकेत फेला परेको छैन । 
अमेरिकाको लयुस्टनमा अज्ञात बन्दुकधारीले गरे १६ को हत्या
अमेरिकाको लयुस्टनमा अज्ञात बन्दुकधारीले गरे १६ को हत्या अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले गोली हानी हालसम्म १६ जनाको हत्या गरेका छन् । बीबीसीका अनुसार ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन् । यस घटनामा अन्य ५० जना भने घाइते भएका छन् ।
दाङमा १६ दिनको नवजात शिशुको हत्या प्रयास, आमा पक्राउ
दाङमा १६ दिनको नवजात शिशुको हत्या प्रयास, आमा पक्राउ दाङको लमहीमा १६ छोरी दिने नवजात शिशु (छोरी)को हत्या प्रयास गरेको अभियोगपछि आमा पक्राउ परेकी छन् । लमही नगरपालिका–७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले बुधबार दिउँसो छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि आमालाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।
आजको मौसम पूर्वानुमान : आंशिक बदली
आजको मौसम पूर्वानुमान : आंशिक बदली मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज तेस्रो दिन पनि दसैँको टीका र जमरा लगाइँदै
आज तेस्रो दिन पनि दसैँको टीका र जमरा लगाइँदै बिहीबार आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा लगाइँदै छ । दसैँको टीकाको दिन आफन्तकहाँ जान नभ्याएकाले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा र आशीर्वाद लिन जाने गर्छन् । कतैकतै विजया दशमीकै दिनबाट दसैँ सकिने गर्छ ।  
१ सय ३२ दिनदेखि न्यायका लागि लड्दै एक परिवार, जो दसैँमा पनि धर्नामा छ 
१ सय ३२ दिनदेखि न्यायका लागि लड्दै एक परिवार, जो दसैँमा पनि धर्नामा छ  बुधबार दिउँसो एक बजेतिर माइतीघर मण्डला पुग्दा एकै परिवारका चार जना खाना खान थाल थाप्दै थिए । दसैँमा हरेकको घरमा सबै परिवार बसेर सम्भव भएसम्म मिठो मसिनो खाने यो समयमा पनि धनुषाको नगराईन नगरपालिका–८ का विनोदप्रसाद साहको परिवार एउटा युवा समूहले दिएको खाना थापिरहेको थियो । 
दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा सर्लाहीमा झडप, दुई प्रहरी घाइते
दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा सर्लाहीमा झडप, दुई प्रहरी घाइते झडपमा दुई प्रहरी घाइते भएका सर्लाही प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र पञ्जियार थारूले जानकारी दिए । उनका अनुसार अवस्था नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ ।
हङकङले हरायो यूएईलाई, तर नेपालसँग फाइनल यूएईले नै खेल्ने
हङकङले हरायो यूएईलाई, तर नेपालसँग फाइनल यूएईले नै खेल्ने बुधबार मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले मार्टिन कोट्जीको ८६ रनको मद्दतमा निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो । हङकङले पहिलो विकेट छिट्टै गुमाएको थियो । ओपनर निजाकत खान मात्र ९ रनमा आउट भए, जतिबेला टिमको स्कोर ३३ थियो । तर, कोट्जीले दोस्रो...
सुरक्षाकर्मी परिचालन गरेर सर्लाहीमा दुर्गा मूर्ति विसर्जन, बाँकेमा सुरक्षा व्यवस्था कडा​
सुरक्षाकर्मी परिचालन गरेर सर्लाहीमा दुर्गा मूर्ति विसर्जन, बाँकेमा सुरक्षा व्यवस्था कडा​ विगतमा मूर्ति विसर्जन गर्न जाने क्रममा दुई समुदायबीच मलङ्गवामा विवाद उत्पन्न भई साम्प्रदायिक दङ्गा भड्किएपछि आज विशेष सुरक्षा व्यवस्था अपनाएर मूर्ति विसर्जन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।
हृदयाघात भएपछि चीनमा अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठ स्वदेश फिर्ता 
हृदयाघात भएपछि चीनमा अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठ स्वदेश फिर्ता  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वदेश फर्किएका छन् । चीनमा हृदयाघात भएपछि अस्पताल भर्ना भएका मन्त्री श्रेष्ठ पाँच दिने उपचार पश्चात डिस्चार्ज भएर घर फर्किएका हुन् । 
घट्यो खसी, च्याङ्ग्राको मूल्य
घट्यो खसी, च्याङ्ग्राको मूल्य भक्तपुरको सल्लाघारीमा दसैँका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यापारीले मूल्य घटाएका छन् । दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारी स्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौं, काभ्रेदेखिका उपभोक्ताको भीड लागे पनि अपेक्षित रुपमा बिक्री कम भएपछि व्यापारीले आजबाट मूल्य घटाएका हुन् ।    
मदन भण्डारीको सालिक तोडफोड 
मदन भण्डारीको सालिक तोडफोड  डोरमणि पौडेल मुख्यमन्त्री हुँदा वाग्मती प्रदेश सरकार, खाँडादेवी गाउँपालिका र वडा कार्यालय समेतको लगानीमा पार्क निर्माण गरी मदन भण्डारीको सालिक राखिएको थियो । सदरमुकाम मन्थली र आसपासका क्षेत्र तथा खाँडादेवी गाउँपालिका मानिसलाई घुम्न जान सो पार्क पायक पर्ने गरी निर्माण गरिएको थियो । 
Weather Update