सर्यो एमालेको चियापान शुक्रबार, कात्तिक १०, २०८०

त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा शुक्रबार, कात्तिक १०, २०८० त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ । बिहान ११ बजे किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा यूएईलाई लगातार तेस्रोपटक पराजित गर्दै सिरिजको उपाधि जित्ने योजनामा नेपाल हुनेछ ।

सकियो दसैँ बिदा, आजदेखि कार्यालय खुल्ने शुक्रबार, कात्तिक १०, २०८० आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलो फर्किने बढेका छन् । बडादसैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ ।पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ ।

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम आज पनि शुक्रबार, कात्तिक १०, २०८० घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरू भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमामा अखिलबलिपूर्तिका दिनसम्म जारी रहन्छ। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन छ ।

शुक्रबारको मौसम : पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना शुक्रबार, कात्तिक १०, २०८० आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

एकदिवसीय विश्वकप क्रिकेट : साविक विजेता इङ्ल्यान्ड श्रीलंकासँग पराजित शुक्रबार, कात्तिक १०, २०८० आईसीसी एकदिवसीय विश्वकपको बिहीबार खेलिएको महत्वपूर्ण खेलमा साविक विजेता इङ्ल्यान्ड श्रीलंकासामु निरीह बनेको छ ।पाँचौँ चरणको अन्तिम खेलमा पूर्वविजेता श्रीलंकाले साविक विजेता इङ्ल्यान्डलाई आठ विकेटको फराकिलो अन्तरले हराएको हो । जारी विश्वकपमा पाँचौँ खेल खेलेको इङ्ल्यान्डको यो चौथो हार हो ।

नढोगेको निहुँमा २० वर्षीय युवकको हत्या, दुई जना पक्राउ शुक्रबार, कात्तिक १०, २०८० ढोग नगरेको भन्दै कुटपिट गरी हत्या गरेको आरोपमा सल्यान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सल्यान बागचौर नगरपालिका-७ स्यालागाउँका २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

भोलि खण्डग्रास चन्द्रग्रहण, ग्रहणमा के गर्न हुन्छ ?, के गर्न हुँदैन? शुक्रबार, कात्तिक १०, २०८० अर्थात्, ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, शृंगारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

राजसंस्थाप्रति जनताको आकर्षण बढ्दै गएको छ : अध्यक्ष लिङ्देन बिहीबार, कात्तिक ९, २०८० बिहीबार साँझ पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) को तेस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न अमेरिका प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग लिङ्देनले अतिवादको विपक्षमा आफ्नो पार्टीलाई उभ्याएको र शान्तिपूर्ण रुपमा आफ्ना मूल एजेण्डालाई ढिला नगरी स्थापित गर्ने प्रतिक्रिया दिए ।

रुकुम पुगेर प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धनको एकता र सहकार्य कसैले तोड्न सक्दैन, भ्रम नपाल्दा हुन्छ’ बिहीबार, कात्तिक ९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकारको एकता र सहकार्यलाई कसैले तोड्न नसक्ने ठोकुवा गरेका छन् ।बिहीबार दिउँसो रूकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित ‘सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८०’ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनले पाँचै वर्ष निरन्तरता पाउने दाबी दोहोर्याएका हुन् ।

यू– १९ प्रिमियर कपको उपाधि जितेर फर्कियो नेपाली टोली, कप्तान भन्छन्– हाम्रो मुख्य परीक्षा बाँकी नै छ बिहीबार, कात्तिक ९, २०८० मलेसियामा सम्पन्न प्रतियोगितामा यूएईलाई हराउँदै उपाधि जितेर स्वदेश फर्किएको नेपाली टोलीका कप्तान खनालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा टोलीले राम्रो प्रर्दशन गर्दै आएको र दुवैमा क्वालिफायर भएपनि आफूहरूको मुख्य परीक्षा अझै पनि बाँकी नै रहेको बताएका छन् ।

जनकपुरमा एक युवक मृत फेला परे, हत्याको आशंका बिहीबार, कात्तिक ९, २०८० जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

इजरायलमा मारिएका गणेशकुमार नेपालीको शव आइपुग्यो बिहीबार, कात्तिक ९, २०८० इजरायलमा हमासको आक्रमणमा मारिएका अर्का एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनका अनुसार फ्लाइ दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव ल्याइएको हो ।









