बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा शनिबार, कात्तिक ११, २०८०

पाकिस्तानलाई हराएर दक्षिण अफ्रिका शीर्षमा शनिबार, कात्तिक ११, २०८० विश्वकप २०२३ को अहिलेसम्मकै सर्वाधिक रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई एक विकेट पराजित गरेको छ ।दक्षिण अफ्रिकाले १६ बलको खेल बाँकी छँदा यो जित निकालेको हो । दक्षिण अफ्रिकाका लागि केशव महाराजले चौकाको मद्दतले विजयी रन बटुले । उनले कूल ७ रन बनाए ।
![राष्ट्रिय झण्डा [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/national-flag-1-1698454932.jpg)
राष्ट्रिय झण्डा [तस्बिरहरू] शनिबार, कात्तिक ११, २०८०

यो वर्षको एउटामात्र चन्द्रग्रहण आज शनिबार, कात्तिक ११, २०८० राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सूतक अपराह्न ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्न हुन्छ । विशेष कामना...

आज पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना शनिबार, कात्तिक ११, २०८० हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

अख्तियारको 'नक्कली' कर्मचारी पक्राउ शुक्रबार, कात्तिक १०, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका– १२ घर भई हाल बाँके राँझामा डेरा गरी बस्ने ३७ वर्षीय मोहन कोइराला पक्राउ परेका हुन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस आइतबार नेपाल आउने शुक्रबार, कात्तिक १०, २०८० भ्रमणका क्रममा महासचिव गुटेरेसले सङ्घीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधनसमेत गर्नेछन् । उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग सङ्क्षिप्त कुराकानी गर्ने कार्यक्रम पनि रहेको छ । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पर्यटकीय शहर पोखराको भ्रमण गर्नेछन् ।

परराष्ट्रमन्त्री साउद आइतबार अमेरिका जाँदै, समकक्षी ब्लिन्केनसँग सोमबार द्विपक्षीय भेटवार्ता हुने शुक्रबार, कात्तिक १०, २०८० परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री साउदले कात्तिक १२ देखि १९ सम्म अमेरिकाको औपचारिक रूपमा भ्रमण गर्न लागेको जानकारी दिएको हो । अमेरिकाको विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालय दुवैले करिब एक महिनाभन्दा बढी समन्वय गरेपछि परराष्ट्रमन्त्री साउदको भ्रमणको औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

मुगुमा एकै परिवारका ४ जनाको हत्या शुक्रबार, कात्तिक १०, २०८० जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा, उनका २ छोरा र एक छोरीको शव घरमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र थापाका अनुसार श्रीदेवीसहित उनका ११ वर्षीय छोरा मनोज, ९ वर्षकी छोरी अप्सरा र ८ महिने छोरा रहर मृत भेटिएका हुन् ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता शुक्रबार, कात्तिक १०, २०८० प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रधानमन्त्री दाहाललाई भेट्नका लागि एमाले अध्यक्ष ओली शुक्रबार दिउँसो २ बजे सिंहदरबार पुगेका थिए । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

त्रिकोणात्मक टी-२० सिरिजको उपाधि यूएईलाई, नेपाल ४ विकेटले पराजित शुक्रबार, कात्तिक १०, २०८० उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो । यसअघि त्रिवि क्रिकेट मैदान, किर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १६ हजार शुक्रबार, कात्तिक १०, २०८० महासघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँ कायम भएको छ । दसैँ अघिको अन्तिम कारोबार (कात्तिक ३) का दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ थियो । दसैँपछि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएर नयाँ रेकर्ड बनाएको हो ।

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान शुक्रबार, कात्तिक १०, २०८० दसैँ सुरु भएदेखि नै रक्तदान लगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैङ्कमा समेत रगतको अभाव भएको छ । रक्तदान नहुँदा रगतको अभाव चुलिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सहमहामन्त्री मनोजकुमार थापाले जानकारी दिए ।









