सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १६ हजार
काठमाडौं— सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । दसैँ लगत्तैको कारोबारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँ कायम भएको छ । दसैँ अघिको अन्तिम कारोबार (कात्तिक ३) का दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ थियो । दसैँपछि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएर नयाँ रेकर्ड बनाएको हो ।
शुक्रबार तेजाबी सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ४५० रूपैयाँ तोकिएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । दसैँअघिको अन्तिम कारोबारका दिन चाँदीको प्रतितोला मूल्य १ हजार ४ सय रूपैयाँ थियो । आज पनि सोही मूल्यमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८० १३:४९