एनआरएनए निर्वाचनमा धाँधली भएको अनुगमन समितिको ठहर, यस्ता छन् धाँधलीका प्रमाणहरू [प्रतिवेदनसहित] आइतबार, कात्तिक १२, २०८०

यूएन महासचिव गुटेरेस काठमाडौंमा, यस्तो छ चार दिने भ्रमण तालिका आइतबार, कात्तिक १२, २०८० महासचिव गुटेरेसको नेपाल भ्रमणका महत्त्वपूर्ण एजेन्डाहरूमा विश्व शान्ति र नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन र हिमालयले भोगिराखेको समस्या तथा विश्व शान्तिको प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण, दिगो विकासका लक्ष्य छन् ।

मदिरा सेवन गरेर महिलामाथि दुर्व्यवहार गर्ने डीएसपी निलम्बित शनिबार, कात्तिक ११, २०८० गम्भीर आरोप लागेपछि कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छन् । मदिरा सेवन गरेर महिला प्रहरीलाई दुर्व्यवहार गरेको उजुरीपछि उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो ।

राष्ट्रसङ्घका महासचिवको भ्रमणको तयारी पूरा शनिबार, कात्तिक ११, २०८० संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको तयारी पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा उनी चारदिने भ्रमणमा शनिबार राति नेपाल आउँदै छन् ।

राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन : कांग्रेस सभापति देउवा शनिबार, कात्तिक ११, २०८० नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु शनिबार, कात्तिक ११, २०८० पाल्पा प्रहरीका अनुसार स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ५ का ४१ वर्षीय मोहनीलाल थापा शनिबार दिउँसो सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर १ बिरौटामा दुर्घटनामा परेका थिए ।

कांग्रेसको चियापानमा एमाले शीर्ष नेता सहभागी शनिबार, कात्तिक ११, २०८० नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा एमालेका शीर्ष नेताहरू सहभागी भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाल लगायत सहभागी थिए ।

नेताले क्विन्टलका क्विन्टल सुन ल्याउन द्वन्द्वपीडितले आफन्त गुमाएका होइनन् : रवि लामिछाने शनिबार, कात्तिक ११, २०८० ललितपुरको मङ्गलबजारमा शनिबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा सभापति लामिछानेले राष्ट्र संघका महासचिव आउने बेलामा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तालाई लक्षित गर्दै व्यङ्ग्य गरे ।

राष्ट्रसङ्घका महासचिवको भ्रमणबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा थप अभिवृद्धि हुन्छ : प्रधानमन्त्री शनिबार, कात्तिक ११, २०८० बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग उनले नेपाली जनताको आवश्यकता सम्बोधन गर्न उक्त भ्रमणबाट महत्वपूर्ण सहयोग मिल्ने बताए ।

दसैँमा काठमाडौं उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते शनिबार, कात्तिक ११, २०८० फूलपाती यता शनिबार बिहानसम्म केही छिटफुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती, तथा दुर्घटना नभएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार शान्ति सुरक्षाका हिसाबले यसपालिको दसैँ विगतका वर्षहरूमा भन्दा सौहार्द्रपूर्ण रुपमा सकिएको छ ।

टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप पनि टीममा फर्किए शनिबार, कात्तिक ११, २०८० सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम) ढकाल र सागर ढकाल टोलीमा अटाएनन्।

इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट पारित, नेपालले गर्यो पक्षमा मतदान शनिबार, कात्तिक ११, २०८० इजरायल र हमासबीच २२ दिनदेखि जारी युद्ध रोक्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको छ । महासभाबाट शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ ।

खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देख्न सकिने शनिबार, कात्तिक ११, २०८० कोजाग्रत पूर्णिमाको रात लाग्ने खण्डग्रास चन्द्रग्रहण नेपालबाट देख्न सकिनेछ । खण्डग्रास ग्रहणको सुरुवात शनिबार राति १ बजेर २० मिनेटबाट हुनेछ । जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा पुग्नेछ । त्यसपछि घट्दै गएर राति २ बजेर ३८ मिनेटमा सकिनेछ ।


![एनआरएनए निर्वाचनमा धाँधली भएको अनुगमन समितिको ठहर, यस्ता छन् धाँधलीका प्रमाणहरू [प्रतिवेदनसहित]](https://newsgriha.com/uploads/posts/Nrna-1698532795.jpg)






