News Griha :: न्यूजगृह
गुटेरेसको भ्रमणबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध थप मजबुत हुनेछ : प्रधानमन्त्री
गुटेरेसको भ्रमणबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध थप मजबुत हुनेछ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको चारदिने औपचारिक भ्रमणबाट राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
दसैँपछिको पहिलो कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट 
दसैँपछिको पहिलो कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट  दसैँपछिको पहिलो कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आइतबार नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ विन्दुमा बन्द भएको छ । जम्मा ७४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 
संक्रमणकालीन न्याय टुंग्याउन गुटेरेसले दिए तीन सुझाव
संक्रमणकालीन न्याय टुंग्याउन गुटेरेसले दिए तीन सुझाव प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको बताए ।
पोखराको घैयाँखेतमा बस दुर्घटना, १६ यात्रु घाइते, चारको अवस्था गम्भीर
पोखराको घैयाँखेतमा बस दुर्घटना, १६ यात्रु घाइते, चारको अवस्था गम्भीर पोखरा— १७ छोरेपाटनबाट शान्ति स्तूप जाँदै गरेको ग१ख ८५८५ नम्बरको नगर बस सडकबाट करिब २० मिटर तल खसेको हो । घाइतेमध्ये चारको अवस्था गम्भीर छ भने बाँकीको अवस्था सामान्य छ ।
प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घ महासचिव गुटेरेसको भेटवार्ता
प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घ महासचिव गुटेरेसको भेटवार्ता नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।मुख्यसचिव डा. वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरे । 
गुटेरेसले मङ्गलबार अपरान्ह ४ बजे संघीय संसद्लाई सम्बोधन गर्ने, सांसदले औपचारिक पोशाक लगाएर जानुपर्ने
गुटेरेसले मङ्गलबार अपरान्ह ४ बजे संघीय संसद्लाई सम्बोधन गर्ने, सांसदले औपचारिक पोशाक लगाएर जानुपर्ने सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा महासचिव गुटेरेसले मंगलबार अपरान्ह ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराएका हुन् ।
अरुण तेस्रोको काम २ महिनादेखि अवरुद्ध
अरुण तेस्रोको काम २ महिनादेखि अवरुद्ध खाँदबारी नगरपालिका–४, छयाङ्कुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ सडकखण्डको छुट मुआब्जाको माग गर्दै पीडितले सडक आन्दोलन गर्दै आएका छन् । छयाङ्कुटी–दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा पटकपटक माग गरिए पनि मुआब्जा नपाएपछि पीडित अनिश्चितकालीनरुपमा आन्दोलनमा उत्रिएका हुन् । पीडितहरूले दसैँमा पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।
नेपाल-भारत सीमा नाकामा कडाइ गरिने
नेपाल-भारत सीमा नाकामा कडाइ गरिने पर्साको वीरगन्जमा बसेको नेपाल तथा भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमा नाकाबाट हुने अवैध निकासी र पैठारी नियन्त्रण गर्न कडाइ गर्ने, लागूऔषध ओसारपसारलाई न्यूनीकरण गर्ने, चेलीबेटी बेचबिखन, अवैध हतियारको ओसारपसारलाई न्यूनीकरण गर्ने र आपराधिक घटना हुन नदिने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । 
राष्ट्रसङ्घ महासचिव गुटेरेसले सुरु गरे उच्चस्तरीय भेटवार्ता
राष्ट्रसङ्घ महासचिव गुटेरेसले सुरु गरे उच्चस्तरीय भेटवार्ता उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुगेका छन् । उनले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्ने कार्यसूची छ ।
इजरायल फौज र हिजबुल्लाहबीचको द्वन्द्वमा एक नेपाली शान्ति सैनिक घाइते
इजरायल फौज र हिजबुल्लाहबीचको द्वन्द्वमा एक नेपाली शान्ति सैनिक घाइते इजरायल प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीचको द्वन्द्वमा नेपाली शान्ति सैनिक सामान्य घाइते भएका छन् ।
सन्दीपको कमब्याकले नेपालको बलिङ मजबुत हुने विश्वास 
सन्दीपको कमब्याकले नेपालको बलिङ मजबुत हुने विश्वास  नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईँले भोलिबाट सुरु हुने टी–२० विश्वकप क्वालिफायरका आफ्नो टोली तयार रहेको बताएका छन् ।
असन्तुष्टिमा आगो सल्काएर रोटी सेक्न चाहनेको भविष्य दुःखद हुन्छ : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल
असन्तुष्टिमा आगो सल्काएर रोटी सेक्न चाहनेको भविष्य दुःखद हुन्छ : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असन्तुष्टिमा आगो लगाएर रोटी सेक्न चाहनेको भविष्य दुःखद  हुने टिप्पणी गरेका छन् ।  
Weather Update