एकै परिवारका ४ जनाको हत्या प्रकरणमा शङ्कास्पद व्यक्ति पक्राउ सोमबार, कात्तिक १३, २०८०

भारतको आन्ध्र प्रदेशमा २ रेल आपसमा ठोक्किँदा १३ जनाको मृत्यु, ५० घाइते सोमबार, कात्तिक १३, २०८० आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले रेल दुर्घटनाका मृतक र घाइतेको तत्काल उद्धार तथा राहतका लागि विभिन्न विभाग, स्वास्थ्य, प्रहरी, राजस्व लगायतका निकायलाई निर्देशन दिएका छन्।
![यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूचीसहित] सोमबार, कात्तिक १३, २०८० जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २४ पैसा र बिक्री दर १६२ रुपैयाँ ९७ पैसा तोकिदिएको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।

बचतकर्ताको रकम घोटला प्रकरण : श्री एअरलाइन्सका पाइलट सुनिल जोशीसहित पाँचजना पक्राउ सोमबार, कात्तिक १३, २०८० महिना दिनअघि काठमाडौंबाट पक्राउ परेका तीनैजनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका सुनिल श्री एअरलाइन्सका क्याप्टेनसमेत हुन् ।

पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना सोमबार, कात्तिक १३, २०८० सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

टी-२० विश्वकप एसिया छनोटमा आज चार खेल, नेपालले सिंगापुरसँग खेल्दै सोमबार, कात्तिक १३, २०८० पहिलो दिन चार खेल हुनेछ । समूह 'ए' मा रहेको घरेलु टोली नेपालले पहिलो खेलमा सिंगापुरसँग खेल्नेछ । यो खेल किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । समूह 'ए' अन्तर्गत नै ओमान र मलेसियाबीचको खेल त्रिवि मैदान मै दिउँसो सवा १ बजे सुरु हुनेछ ।

ईसेवाको कर्मचारी भन्दै ठगी गर्ने पाँच जना पक्राउ आइतबार, कात्तिक १२, २०८० ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

इजरायलमा मृत्यु भएका थप ३ नेपालीको शव पहिचान आइतबार, कात्तिक १२, २०८० इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा मारिएका थप ३ नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी आएको बताएको छ । दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको छ ।

पञ्चकुण्ड ताल आइतबार, कात्तिक १२, २०८०

ऐतिहासिक पदकधारी पलेशा स्वदेश फर्किइन् आइतबार, कात्तिक १२, २०८० ऐतिहासिक पदकधारी पलेशा आइतबार बिहान स्वदेश आइपुगेकी हुन् । चीनको हाङझावमा भएको एसियाली पारा खेलकुदमा पलेशाले महिला के– ४४ क्याटगोरी अन्तर्गत ५७ केजीमुनि तौलसमूहमा कांस्य पदक जित्दै इतिहास रचेकी थिइन् ।

राष्ट्रपति पौडेलसँग महासचिव गुटेरेसको शिष्टाचार भेट आइतबार, कात्तिक १२, २०८० संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।आइतबार राष्ट्रपति भवन शीतल निवास पुगेर उनले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन् । राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरेका थिए ।

आयात बढ्दा निर्यात घट्यो आइतबार, कात्तिक १२, २०८० चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको थियो । गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात एक दशमलव ६९...

एमाले अध्यक्ष ओली र राष्ट्रसंघ महासचिव गुटेरेसबीच भेटवार्ता आइतबार, कात्तिक १२, २०८० महासचिव गुटेरेसले प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीसँग आइतबार अपराह्न नयाँ बानेश्वरमा भेटवार्ता गरेका हुन्।उनीहरुबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको छ।









