News Griha :: न्यूजगृह
भारतको आन्ध्र प्रदेशमा २ रेल आपसमा ठोक्किँदा १३ जनाको मृत्यु, ५० घाइते

काठमाडौं—  भारतको आन्ध्र प्रदेशमा दुईवटा रेल आपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना भन्दा धेरै घाइते छन्।

विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगडा चल्ने दुई रेल आपसमा ठक्कर खाँदा दुर्घटना भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । 

आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले रेल दुर्घटनाका मृतक र घाइतेको तत्काल उद्धार तथा राहतका लागि विभिन्न विभाग, स्वास्थ्य, प्रहरी, राजस्व लगायतका निकायलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०८:०६
Weather Update