News Griha :: न्यूजगृह
एकै परिवारका ४ जनाको हत्या प्रकरणमा शङ्कास्पद व्यक्ति पक्राउ

काठमाडौं— मुगुमा तीन बालबालिकासहित चार जनाको हत्या गरिएको विषयमा शङ्कास्पद एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकासँग प्रहरीले सोधपुछ जारी राखेको छ । पक्राउ परेकाको परिचय प्रहरीले गोप्य राखेको छ। हत्या घटनाको अनुसन्धानको लागि तालिम प्राप्त कुकुरसहित प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली खटिएको छ। 

mugu-murfer-1-1698639695.jpg

शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।

mugu-murfer-4-1698639960.jpg

घटना बुधबार बेलुका नै घटेको र प्रहरीले ढिला गरी थाह पाएका कारण पनि अनुसन्धानमा कठिनाइ भइरहेको अनुसन्धान संलग्न प्रहरी अधिकृतहरूको भनाई छ। शव जिल्ला अस्पतालमा ल्याइएको भए पनि पोस्टमार्टम भएको छैन । 

 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०९:५५
Weather Update