आजको मौसम
पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं— जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मौसम आंशिक बदली हुनेछ ।
सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
आज राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८० ०७:०९













