News Griha :: न्यूजगृह
मेस्सीले आठौँ पटक जिते बालोन डीअर
मेस्सीले आठौँ पटक जिते बालोन डीअर फ्रेन्च फुटबलले हरेक वर्ष प्रदान गर्ने प्रतिष्ठित बालोन डीअर अवार्ड मेस्सीले सबैभन्दा बढी आठौँ पटक जितेका हुन् । पेरिसमा सम्पन्न कार्यक्रममा मेस्सीलाई सो अवार्ड दिइएको हो ।
संसद्को संयुक्त बैठक मंगलबार चार बजे, महासचिव गुटरेसले सम्बोधन गर्ने
संसद्को संयुक्त बैठक मंगलबार चार बजे, महासचिव गुटरेसले सम्बोधन गर्ने संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि संघीय संसद्को संयुक्त बैठक बस्ने समय मंगलबार अपराह्न ४ बजे बोलाइएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठक बोलाइएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बताए ।  
श्रीलंकामाथि अफगानिस्तानको शानदार जित, सेमिफाइनल सम्भावना कायमै
श्रीलंकामाथि अफगानिस्तानको शानदार जित, सेमिफाइनल सम्भावना कायमै जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४५.२ ओभरमा सात विकेट गुमाएर २ सय ४२ रन बनायो । त्यसमा कप्तान हसमतुल्लाह शाहिदीले ५८ र अजमतुल्लाह ओमरजाईले ७३ रन बनाए । दुवै ब्याटर नटआउट रहे र उनीहरूले १ सय ११ रनको साझेदारी गरे । यस्तै रहमत शाहले पनि ६२...
वर्षा र हिमपातको सम्भावना
वर्षा र हिमपातको सम्भावना महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अबको केही दिन देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली...
जसपाले सञ्जिलाकुमारी यादवलाई मधेस प्रदेशमा सांसद बनाउने
जसपाले सञ्जिलाकुमारी यादवलाई मधेस प्रदेशमा सांसद बनाउने सोमबार पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
स्थापनाको ३५ वर्षपछि रुकुम पश्चिम अस्पतालमा ब्लड बैंक
स्थापनाको ३५ वर्षपछि रुकुम पश्चिम अस्पतालमा ब्लड बैंक जिल्ला अस्पताल रुकुम पश्चिममा ब्लड बैंक स्थापना भएको छ । २०४५ सालमा स्थापना भएको अस्पतालमा ३५ वर्षपछि विभिन्न निकायको सहयोगमा ब्लड बैंक स्थापना गरिएको हो । 
बारामा प्रिन्सिपल हत्या प्रकरणः मुख्य योजनाकारसहित २ पक्राउ 
बारामा प्रिन्सिपल हत्या प्रकरणः मुख्य योजनाकारसहित २ पक्राउ  बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल रूपेश स्वर्णकारको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य योजनाकारसहित  २ जनालाई पक्राउ गरेको छ ।
गोली हानी प्रिन्सिपलको हत्या गर्ने एक जना पक्राउ  
गोली हानी प्रिन्सिपलको हत्या गर्ने एक जना पक्राउ   कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित मदरसा टोलमा ३५ वर्षीय रूपेश स्वर्णकारको गोली हानेर हत्या गरेको घटनामा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।
सङ्घविरुद्ध बागमती प्रदेश सरकार सर्वोच्चमा  
सङ्घविरुद्ध बागमती प्रदेश सरकार सर्वोच्चमा   बागमती प्रदेश सरकारले सङ्घीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । आइतबार बागमती प्रदेश सरकारले नेपाल सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतको संवैधानिक इजालसमा रिट दायर गरेको हो । प्रदेश सरकारको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै सङ्घीय सरकारविरुद्ध बागमती प्रदेश सरकारले रिट दायर गरेको हो ।
एमालेले सबै जिल्ला कमिटीको अधिवेशन माघ महिनाभित्र गर्ने
एमालेले सबै जिल्ला कमिटीको अधिवेशन माघ महिनाभित्र गर्ने नेकपा एमालेले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिए ।
ट्राफिक चेकिङमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउँदा हुने
ट्राफिक चेकिङमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउँदा हुने सरकारले नागरिक एपमै दर्ता भएका सवारी साधनको विवरणसहित ट्राफिक नियम उल्लंघनमा कारवाहीमा परेको विवरण समेत राख्ने तयारी हुँदैछ । यसले ट्राफिक प्रहरीलाई सवारी चेकजाँचमा थप सहज हुनेछ । सूचना प्रविधि केन्द्रले आफ्नो यदि नागरिक एपमा सवारी चालक अनुमति पत्र लिंक गर्न चालकहरुलाई अनुरोध गरेको छ ।
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सोमबार नेप्से परिसूचक ३ दशमलव ०४ अङ्कले बढेर १ हजार ८ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ । आज दुई सय ८७ कम्पनीको २८ लाख २४ हजार सात कित्ता शेयर ३० हजार दुई सय ३७ पटक खरिद बिक्री हुँदा ६९ करोड ४२ लाख २२ हजार दुई सय १७...
Weather Update