News Griha :: न्यूजगृह
सर्वसाधारण बाहेक सबैको तोकियो मर्यादाक्रम, को कहाँ ? 
सर्वसाधारण बाहेक सबैको तोकियो मर्यादाक्रम, को कहाँ ?  राष्ट्रिय सभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने भएको छ । विधायन व्यवस्थापन समितिको सोमबारको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको थियो । गैरसरकारी विधेयकका रुपमा प्रस्तुत गरिने विधेयकमा मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअनुरूप राष्ट्रिय मर्यादा क्रमसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ ।
नेपालले पायो १६६ रनको लक्ष्य
नेपालले पायो १६६ रनको लक्ष्य किर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो । नेपालले केहीबेरमा जबाफी ब्याटिङ गर्नेछ । 
एनआरएनए 'विद्रोही' अध्यक्ष आरके शर्मामाथि कुटपिट
एनआरएनए 'विद्रोही' अध्यक्ष आरके शर्मामाथि कुटपिट गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट भएको छ । संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि कुटपिट भएको हो ।
जलवायु परिवर्तनको चपेटामा मुस्ताङ 
जलवायु परिवर्तनको चपेटामा मुस्ताङ  सरकारले मुस्ताङमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि ५० करोडको कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही कात्तिक १ गते राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जोमसोममा आयोजना गरेको ‘जलवायु संवाद’ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वन तथा वातावरणमन्त्री वीरेन्द्रकुमार महतोले सो बजेट उपलब्ध गराउने घोषणा...
सामाखुसीबाट ८ जना जुवाडे पक्राउ
सामाखुसीबाट ८ जना जुवाडे पक्राउ उनीहरूको साथबाट १ लाख ९९ हजार रुपैयाँसमेत बरामद भएको छ । पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ, नारायणथानका यमकुमार पुन, टोखाका राज घले, सोही ठाउँका मिलन घर्तीमगर लगायत छन् । 
नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने
नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।
आईसीसी टी–२० विश्वकप एसिया छनोटमा हङकङ बहराइनसँग पराजित
आईसीसी टी–२० विश्वकप एसिया छनोटमा हङकङ बहराइनसँग पराजित आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बहराइनले हङकङमाथि सानदार जित हात पारेको छ ।
आईसीसी टी–२० विश्वकप एसिया छनोट : ओमनको लगातार दोस्रो जित
आईसीसी टी–२० विश्वकप एसिया छनोट : ओमनको लगातार दोस्रो जित समूह ‘ए’ अन्तर्गत मंगलबार किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ओमनले सिंगापुरलाई २२ रनले पराजित गरेको हो ।
आगलागीमा परी महिलाको मृत्यु
आगलागीमा परी महिलाको मृत्यु भान्सा कोठाको चुल्होमा डिजेल प्रयोग गरी आगो बाल्ने क्रममा सोमबार साँझ आगलागी हुँदा ३३ वर्षीया कमला गौतमको घटनास्थल मै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 
पाँच सयले घट्यो सुनको मूल्य 
पाँच सयले घट्यो सुनको मूल्य  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्य तोलामा पाँच सयले घटेर प्रतितोला  १ लाख १६ हजार कायम भएको हो ।
टुंगो लागेन कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार
टुंगो लागेन कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार मन्त्रिपरिषद् विस्तारको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार छलफल भएको थियो । छलफल विना निष्कर्ष सकियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच छलफल भएको थियो ।
Weather Update